नाथमको तेस्रो शाखा झापामा

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आफ्नो तेस्रो शाखा झापामा स्थापना गरेको छ ।

Above Article Ad
  • Above Article Content Ad
  • ४ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले झापाको बिर्तामोडमा नाथमको शाखा उदघाटन गरे । यसअघि लुम्बिनी प्रदेशको बाँके र प्रदेश २ को महोत्तरीमा पनि शाखा कार्यालय स्थापना गरिएको थियो ।

    नाथम पर्यटन तथा होटल व्यवस्थापनको अध्ययन–अध्यापन हुने एकमात्र सरकारी निकाय हो । काठमाडौंको कलेजमा विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि प्रदेशस्तरमा शाखा कलेज स्थापना गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दीपक थापाले बताए ।

    थापाका अनुसार सबै शाखामा बीएचएममा ८० जना र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम (बीटीटीएम)मा ४० जना अध्ययन गर्ने क्षमता छ ।

    Article inline ad #1
  • हाल नाथमको बीएचएम, बीटीटीएम र मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएचएम) मा करीब १ हजार ६ सय जना विद्यार्थीहरु छन् ।

    शाखा कलेजहरुमा यो वर्षको शैक्षिक सत्रदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) शैक्षिक कार्यक्रम र पर्यटन तथा होटल सम्बद्ध तालीमहरू सन्चालन हुने कार्यकारी निर्देशक थापाले बताए ।

    उनले भने, ‘प्रदेशस्तरमा कलेज स्थापना भएपछि दुरदराजका समेत लाभान्वित हुने विश्वास छ ।’

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button