महासंघको बन्दमा व्यवसायीले चलाए सार्वजनिक बस

प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै उल्लङघन गरेका छन् ।

Above Article Ad
  • Above Article Content Ad
  • २३ कात्तिक, विराटनगर । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको उल्लङघन गर्दै व्यवसायीले यातायात सञ्चालन गरेका हुन् ।

    प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् ।

    आइतबार निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायता बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघ मोरङका अध्यक्ष राजन कँडेलले जानकारी दिए ।

    Article inline ad #1
  • बन्दका बारेमा महासंघलाई जानकारी नभएको उनले बताए । ‘महिनौंको बन्दपछि बल्ल सवारी चल्दैछन्,’ उनले भने, ‘बन्दका नाममा जनतालाई दुःख दिन मिल्दैन् ।’

    प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश १ ले आइतबारबाट अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको महासंघ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए ।

    तर महासंघले गरेको बन्द सिन्डिकेटको पक्षमा रहेकाहरुले उल्लङघन गरेको उनको भनाइ छ । बन्दमा छिटफुटरुपमा मात्रै सवारी चलेको उनले बताए ।

    लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने मागसहित बन्द आहृवान गरिएको उनले बताए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button