गणतान्त्रिक संस्कार, संवैधानिक मर्यादा र राष्ट्रपतिको भूमिका

Above Article Ad
  • Above Article Content Ad
  • संविधानत गणतन्त्र नेपाल घोषणा भएको पनि १० वर्ष बितिसकेका छ । पहिलो संविधानसभाले नेपाललाई विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रुपान्तरण गरिएको हो । नागरिक आन्दोलनको भरमा २०६२/६३ को जनआन्दोलनले गणतन्त्र नेपालको ढोका खोलेको हो । मुलुक गणन्त्र भएको एक दशक भयो । तर, गणतान्त्रिकको सोचको न्यूनता र संस्कारको शून्यता भने हराएर गएको छ ।

    राजतन्त्रको शाही लिगेसीबाट गणतन्त्र अझै अभिशप्त छ । सुरक्षा र औपचारिक मर्यादामा केही सिमाङ्कन होलान् । तर, सँगसँगै नागरिकको भावनालाई कदर गरिएको छैन । राष्ट्रपति, उपराष्ट्रपति पद भनेको गणतन्त्रको प्रतीक हो । यसका पदाधिकारीले गर्ने व्यवहारले नागरिकमा गणतन्त्रको अनुभूति दिन सकेको छैन ।

    संविधानको संरक्षक भएको राष्ट्रपति संवैधानिक मूल्य-मान्यता विपरीत पटक-पटक राजनीतिक घेरामा तानिनुले पनि जनतामा नैराश्यता छाएको छ भने जनताको त्याग र बलिदानबाट आएको गणतन्त्रको पनि अपमान भएको छ ।

    Article inline ad #1
  • गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनुपर्छ । वैद्यले पनि पहिला रोगीको नाडी छाम्छ अनि मात्र उपचार शुरु गर्दछ । रोग निको हुन वैद्य र रोगी दुबै सचेत हुनु नै पर्छ । तर, यहाँ त शासकले वैद्य भई जनताको समस्याको समाधन गर्नुको साटो देश र जनताप्रति बेमानी गरिरहेका छन् भने राष्ट्रको संरक्षक पनि राजनीतिक पार्टीको नेता जस्तो भै विवादित बन्न्ा पुग्दा गणतन्त्र नेपालका नागरिकको भविष्य कसरी उज्जल होला ? देशको नाडी छामेर समय र परिस्थिति अनुरुप विधि, प्रक्रिया, संवैधानिक मूल्य-मान्यता अनुरुप नै सही निर्णय लिन सक्नुपर्छ, जुन हुन सकेको छैन ।

    गणतन्त्र अन्य धेरै देश पनि छ तर नेपालको गणतन्त्रको विशेषता अन्य देशको भन्दा बेग्लै परिवेशमा आएको हो । नेपालमा राजा निरंकुश भए र सेतो हात्ती पालेजस्तो भयो, जसले गर्दा जनआन्दोलनमार्फत २४० वर्षको राजतन्त्रको अन्त्य गरिएको हो । गणतन्त्र आउनु भनेको राजतन्त्रको ठाउँमा राष्ट्रपतिको पदको रुपान्तरण मात्र होइन । यो गणतान्त्रिक संस्कार, मूल्य-मान्यता जनताप्रतिको जिम्मेवारी र दायित्व पनि हो । अन्य देशमा पूँजीवादी क्रान्तिपछि स्वाभाविक रुपले गणतन्त्र आएको हो । तर, हाम्रो जस्तो ठूलो उथरपुथल हुन पनि परेन ।

    विश्वका राजतन्त्रहरु प्रथम विश्व युद्धमा नै समाप्त भैसकेका थिए । तर, नेपालमा गणतन्त्र एउटा खास परिस्थितिमा ठूलो संघर्षबाट आएको छ । त्यस अर्थ यो सामान्य गणतन्त्र नभएर यसले क्रान्तिकारी गणतन्त्रको भावनालाई टेकेर वा बोकेर आएको छ । तर, गणतन्त्र नेपाल बने ता पनि यसको संस्थागत विकास र गणतान्त्रिक संस्कारको कमी नै देखिन्छ । यसरी हेर्दा अहिले पात्र होइन, टोपी मात्र फेरिएको छ । नेतृत्वको अनुहार फेरिएको छ । तर, नेतृत्वको शैली फेरिएको छैन । गणतन्त्र नेपालको प्रमुख राष्ट्रपतिको रवैया त्यही पुरानै शैलीको राजतन्त्रको लिगेसीसँग अछुतो छैन ।

    नेपालको राजनीतिलाई निहाल्ने हो भने ठूलो संघर्षबाट राजनीतिक व्यवस्था परिवर्तन हुने तर शासन सञ्चालनमा एकममता, सहमति, सहकार्य र सहिष्णुताको वातावरण बनाउन नसक्नु नेपाली राजनीतिको दुःखद् पक्ष हो । आफ्नै पार्टी भित्र पनि सधैँ मतमतान्तर भैरहने, राष्ट्रिय समस्याको बारेमा सबै दलसँग सहकार्य नहुने, जनताका जनसवाल र जनजीविकाप्रति बेवास्ता गर्ने प्रवृद्धिले गणतन्त्रका शासकहरुको जनताप्रति असहिष्णुता प्रस्टैदेखि देखिन्छ ।

    Article inline ad #2
  • गणतन्त्रको राषट्रपति सकेसम्म विवादमा आउनुहुँदैन । संविधानले यो परिकल्पना पनि गरेको छैन ।

    गणतन्त्र जीवनधारा हो । यो नदीजस्तै निरन्तर बगिरहने कञ्चन भए पनि प्रश्न उठि नै रहने छ । किनभने, नेता वा शासकको व्यवहारले जनता सन्तुष्ट छैनन् । कोरोनाको महामारीले मुलुक अक्रान्त छ । जनता रोग र भोग दुवैबाट प्रताभित छन् । गणतन्त्रले जनताको मन छुनुपर्दछ । तर, गणतन्त्रको शासकको व्यवहार र शैलीले गणतन्त्रप्रति वितृष्णा उत्पन्न भएको छ । अहिले गणतन्त्रको सर्वोच्च पदमा पुग्नेहरुको आर्दश र चरित्र गणतन्त्रको मूल्य मान्यताको विपरीत छ ।

    गणतन्त्रको राष्ट्रपति पदको ओजन एकदम गहुँगो छ तर पदमा पुग्नेहरु हलुका भएका छन् । त्यसैले गणतन्त्रमा शासकको पद्धति र संस्कारबीच मेल खाएको छैन । गणतन्त्रको राष्ट्रपति सकेसम्म विवादमा आउनुहुँदैन । संविधानले यो परिकल्पना पनि गरेको छैन । गणतन्त्रको नेपालको विशेषता सहयोगात्मक, सहिष्णुता, लोकतान्त्रिक, समावेशी र सहमतीय हो । सहयोगात्मक भनेको द्वण्डहिनता, मनपरीतन्त्र र भ्रष्टाचार मौलाउनु होइन । सहयोगात्मक भनेको अभिभावक गणतन्त्र हो । त्यसैले गणतन्त्रका अभिभावकले राज्यका सबै नागरिकलाई समभावले अंकमाल गर्नुपर्छ । तर, साम्यवादको नाममा सर्वसत्तावाद उदाउनु होइन । अहिले लोकतान्त्रिक चरित्र हराउँदै गएको छ ।

    संवैधानिक मर्यादाको पूर्ण ख्याल गरौं

    नेपालको संविधानको भाग ६ को ६१ को (१) मा नेपालमा एक राष्ट्रपति रहनेछ । (२) मा राष्ट्रपति नेपालको राष्ट्रअध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानूनबमोजिम आफ्नो कार्यसम्पादन गर्नेछ । (३)मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने भनिएको छ ।

    तर, अहिलेको परिवेशमा संविधैनिक जिम्मेवारीभन्दा अतिरिक्त विषयमा अनावश्यक चासो देखाएका कारण बेला-बेलामा विवाद आउने गरी राष्ट्रपति फेरि सत्तारुढ दलको विवादसँगै विवादस्पष्ट भूमिका देखिएको छ ।

    राज्यको संवैधानिक सर्वोच्च पदमा रहनेले राजनीति दल र सत्ताको प्रभावबाट मुक्त हुनुपर्छ । अहिले नेकपाको पार्टीभित्र देखापरेको आन्तरिक किचलो र विवाद मिलाउन सक्रिय भएर उनको आˆनो राजनीतिक तटस्थताको भूमिकालाई नागेर अघि बढेको सन्देश दिनु आˆनै मर्यादाको विपरीत हो । धेरैपटक यसभन्दा अगाडि पनि सत्तारुढ नेकपाको दल विवादमा पार्टीको दुवै अध्यक्षले बारम्बार राष्ट्रपतिलाई साक्षी राखेर पार्टी विवाद मिलाउने गरेको पनि देखिएको छ । त्यसैले गणतान्त्रिक नेपालमा उच्च  पदमा पदासीनले सत्ताको प्रभावमा आउनुहुँदैन । नेपालको संविधानले राष्ट्रपतिलाई जुनसुकै दलको समर्थनमा निर्वाचित भए पनि या जुनसुकै पृष्ठभूमिका आए पनि राजनीतिकबाट मुक्त र तठष्ता भूमिका स्वीकार गरेको छ ।

    राष्ट्रको प्रमुखको सन्तुलित र विवादरहित भूमिकाले मात्र राष्ट्रको सिर ठाडो हुन्छ र गणतन्त्रको संस्थागत विकास हुन्छ । त्यसैले राष्ट्र प्रमुख सबै जातजाति क्षेत्र, लिंग, वर्ण समुदाय सबै नागरिकको साझा प्रतिनिधि हुन्छ । संविधानको अभिभावक हुन्छ । सेनाको परमाधिपति हुन्छ तर सेनासम्बन्धी सबै निर्णय सरकारले गर्छ ।

    राष्ट्रपतिले सरकार वा संसद्को निर्णयलाई अस्वीकार गर्ने भूमिका संविधानले दिएको छैन । राष्ट्रपति भैसकेपछि सबै राजनीतिक दल, आमनागरिक समग्रले अपनत्व महसुस हुने गरी सन्तुलित भूमिका निर्वाह गर्न सक्नुपर्दछ । समाजका सबै तप्काका जनताको सम्मान केन्द्रको रुपमा र गणतन्त्रको विम्वको रुपमा राष्ट्रपतिले सार्वजनिक भूमिका निर्वाह गर्दै अभिभावकीय संस्थाको रुपमा सबै मियो बन्न सक्नुपर्छ ।

    राष्ट्रपतिको आर्दश र जीवनशैली र विचारले मात्र राष्ट्रपदीय संस्थाको गरिमा, सम्मान र आदर गर्दछ । राष्ट्रपति पद जनताकै प्रतिनिधिका रुपमा जनताकै पंक्तिबाट निर्वाचित भएर जाने जनतासँग जोडिएको लोकतान्त्रिक संस्था हो । उक्त संस्थाले दैनिकी राजनीतिक घटनामा दल विशेषमा तानिनुहुँदैन । संविधानले तोकेको सीमामा नै बाँधिएर बस्नु नै पर्दछ ।

    गणतन्त्रको सर्वोच्च राष्ट्रप्रमुखले के गर्नुपर्दछ, कस्तो संस्कार र शैली ग्रहण गर्दा पदीय मर्यादा उच्च हुन्छ भन्ने कुरा अन्य देशका राष्ट्रपतिको व्यवहार र शैलीबाट प्रशिक्षित हुन जरुरी छ । अन्तर्राष्ट्रिय अभ्यासमा संवैधानिक राष्ट्रपति भएका मुलुकहरु, जस्तो- भारत, पाकिस्तानलगायत धेरै देशको परिपाटी शैलीको अध्ययनका साथै परिपक्व सल्लाहकार टिमबाट सुझाव, सल्लाह लिएर प्रशिक्षित हुन जरुरी छ । ज्ञान, अनुभव र अभ्यासले मात्र पदको गरिमा र मर्यादालाई जोगाउन मद्दत मिल्छ।

    (डा. संग्रौला प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्)

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button