घरमै जलासय बनाएर छठपूजा (फोटो फिचर)

Above Article Ad
  • Above Article Content Ad
  • ५ मङ्सिर, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

    आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

    कोरोना भाइरस महामारीका कारण यस वर्ष विगतमा झैं मानिसहरु जलासयमा गएका छैनन् । धेरैले घरमै सांकेतिक जलासय बनाएर पूजा गरेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको एक परिवारले घरमै बाटामा पानी राखेर जलासय बनाएर पूजा गरेका छन् ।

    Article inline ad #1
  • काठमाडौंको कमलपोखरीमा विगतमा धेरै तराई मधेसका वासिन्दाले छठ पूजा गर्ने गर्थे । यस वर्ष भने कमलपोखरीमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ब्रतालुको संख्या निकै पातलो छ ।

    सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button