आईफोन ‘स्लो’ बनेको मुद्दा सुल्झाउन ११ करोड डलर तिर्न एप्पल सहमत

बेकेराका अनुसार एप्पलले यसअघि नै निजीतर्फबाट उठाइएको मुद्दाका लागि ५० करोड डलर बुझाइसकेको छ ।

Above Article Ad
  • Above Article Content Ad
  • अमेरिकी प्रविधि कम्पनी एप्पलले आफूमाथि लागेको पुराना आईफोन ‘स्लो’ गराएको आरोपसम्बन्धी मुद्दा सुल्झाउन ११ करोड ३० लाख डलर बुझाउने भएको छ । एप्पलले अमेरिकाका ३४ राज्य र सरकारसँग यो मुद्दा सुल्झाउने सम्झौता गरेको क्यालिफोर्नियाका महान्यायाधिवक्ता साभियर बेकेराले जानकारी दिए । आईफोनमाथि जानाजानरुपमा ब्याट्रिको आयु बढाउन पुराना आईफोन स्लो गरेको आरोप लागेको थियो । यद्यपि आईफोनले भने यसो सफ्टवेयर अपडेटका कारण पुराना आईफोन स्लो हुने गरेको दाबी गर्दै आएको थियो ।

    एप्पलमाथि लगाइएको मुद्दा आईफोन ६ र ७ को विषयमा थियो । यी आईफोनहरु जति धेरै समय बित्यो त्यति स्लो हुँदै जाने समस्या देखिएको थियो । यस किसिमको समस्या ब्याट्रिले आईफोन सञ्चालनका लागि पर्याप्त भोल्टेज दिन नसकेको कारण हुने गरेको एप्पलमाथि दायर गरिएको उजुरीमा उल्लेख छ ।

    यो समस्या समाधानका लागि एप्पलले सफ्टवेयर अपडेट गरेको थियो । तर, यसले आईफोनहरु झन् स्लो गराएको थियो । यसले एपहरु खुल्न लामो समय लाग्ने, स्क्रिनको ब्राइटनेस कम हुँदै जाने र स्पिकरको भोल्युम पनि कम हुँदै जाने समस्या देखिएको थियो ।

    Article inline ad #1
  • अहिले भएको सम्झौताअनुसार एप्पल आफ्ना ग्राहकहरुलाई कम्पनीले कसरी ब्याट्रिको समस्या समाधानको प्रयास गरिरहेको छ भनेर बुझ्न सजिलो र स्पष्ट हुने गरी जानकारीहरु राख्न सहमत भएको छ । बेकेराका अनुसार एप्पलले यसअघि नै निजीतर्फबाट उठाइएको मुद्दाका लागि ५० करोड डलर बुझाइसकेको छ ।

    यस विषयमा आईफोनले भने आधिकारिकरुपमा कुनै जानकारी दिएको छैन ।

    स्रोत : सीबीएस न्युज

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button