नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकमा छनोट

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौं । छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट भएका हुन् ।

    कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता आयोजना नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो । गत डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्की अब टोकियो ओलम्पिकमा जानेछन् ।

    गोपीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । उपाधिसँगै गोपीले नगद ७५ हजार प्राप्त गरे ।

    Article inline ad #1
  • अर्को विभागीय क्लब त्रिभुवन आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो भए ।

    गतवर्षको विजेता आर्मीकै नवराज साउद चौथो भए । उनलेले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा दौड पूरा गरे ।

    दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

    नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।

    Article inline ad #2
  • यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । १३औं सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उनले नगद ३० हजार प्राप्त गरिन् ।

    कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला धर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी मन्जुले १५ हजार र तेस्रो भएकी शर्मिलाले १० हजार प्राप्त गरिन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button