बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

Above Article Ad
  • Above Article Content Ad
  • ७ मंसिर काठमाडौं । बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा राम्रो सुरुवात गर्न सकेन ।

    गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि ८ खेलबाट अधिकतम २४ अंक जोड्न सक्ने भए पनि उसले ३ खेलमा जित र २ मा बराबरी खेल्दै जम्मा ११ अंक जोडेको छ । ३ खेलमा त पराजित भएको छ ।

    बार्सिलोनाको यो प्रदर्शन पछिल्लो २५ वर्षयताकै खराब हो । बार्सिलोनाको खराब सुरुवात भनेर सन् १९९५/९६, २००२/०३ र २००३/०४ लाई चिनिन्छ । यद्यपी त्यो बेला सुरुवाती ८ खेलमध्ये बार्सिलोनाले ३ खेल जितेको ३ खेल बराबरी गरेको थियो र २ खेल हारेको थियो ।

    Article inline ad #1
  • ८ खेल हुँदा ३ वटामा पराजित हुनु भनेको बार्सिलोनाको लागि धेरै हो, यस्तो उदाहरण भेट्न गाह्रो छ ।

    सन् २०००/०१ सिजनमा पनि बार्सिलोनाले ८ खेलमध्ये ३ खेल हारेको थियो तर ४ खेलमा जित र एक बराबरी खेल्दै १३ अंक जोडेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button