कमेडियन भारती सिंह र उनका पतिलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइयाे

भारती सिंहको घरबाट पनि लागुऔषध बरामद गरिएको बताइएको छ ।

Above Article Ad
  • Above Article Content Ad
  • काठमाण्डाै – भारतीय टेलिभिजनको दुनियाँकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई लागुऔषध प्रकरणमा पक्राउ गरिएपछि ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

    यी दुवै जनाको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीलाई नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले शनिबार पक्राउ गरेको हो भने उनका पति हर्षलाई आइतबार पक्राउ गरेको हो ।

    Article inline ad #1
  • भारती सिंहको घरबाट लागुऔषध बरामद गरिएको पनि बताइएको छ ।

    एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेले भारती सिंहले भारती सिंहका पतिलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

    एनसीबीका अधिकारीहरुले भारती सिंह र उनका पतिलाई गाँजा सेवन गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुविरुद्ध नार्काेटिक्स एण्ड साइकोट्रोपिक सब्स्ट्यान्स (एनडीपीएस) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    यसअघि भारतीय अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउड कलाकार लागुऔषध सेवनको आरोपमा एनसीबीको निसानामा परेका छन्

    Article inline ad #2
  • लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button