मेदभेदेबले जिते एटीपी फाइनल्सको उपाधि

चौथो वरियताका मेदभेदेबले तेस्रो वरीयताका थिमलाई ४-६, ७-६, ६-४ को सेटमा पराजित गरे ।

Above Article Ad
  • Above Article Content Ad
  • ८ मंसिर, काठमाडौं । रुसका डानिल मेदभेदेब वर्षको अन्तिममा हुने टेनिस प्रतियोगिता एटीपी फाइनल्स उपाधि जितेका छन् ।

    लण्डनमा आइतबार राति भएको फाइनलमा एक सेट हारेर पनि पुनरागमन गर्दै अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।

    चौथो वरियताका मेदभेदेबले तेस्रो वरीयताका थिमलाई ४-६, ७-६, ६-४ को सेटमा पराजित गरे ।

    Article inline ad #1
  • २४ वर्षीय मेदभेदेबको यो करियरकै सबैभन्दा ठूलो उपाधि हो । पहिलो पटक एटीपी फाइनल्सको उपाधि जित्ने क्रममा मेदभेदेबले शीर्ष वरीयताका तीन खेलाडीलाई पराजित गरे ।

    समूह चरणमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराएका उनले सेमिफाइनलमा दोस्रो वरीयताका राफेल नाडाललाई पराजित गरेका थिए  । उता थिमले  समूह चरणमा नाडाल र सेमिफाइनलमा जोकोभिचलाई हराएका थिए ।

    लण्डनमा अन्तिम पटक एटीपी फाइनल्स आयोजना भएको हो । अर्को वर्षदेखि यस प्रतियोगिता इटलीको टुरिनमा हुनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button