स्वीच थिचेर प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरिने

शनिबार ११ बजे बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्न लाग्नुभएको छ । शनिबार ११ बजे बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लाग्नुभएको हो ।

    हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

    सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको जनाइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    1
    +1
    0
    +1
    6
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button