६० जनाको परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण वीरगञ्जमा

Above Article Ad
  • Above Article Content Ad
  • चैत्र २९ बनेपा ।

    वीरगञ्जमा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिनुभयो ।

    संक्रमितमध्ये २३ जना पर्साका र ५ जना बाराका हुन् । उहाँका अनुसार २८ जनामध्‍ये १७ जना पुरुष र ११ जना महिला छन् । उनीहरुको सिटी भ्‍यालु १४.५ देखि ३५.२ देखाएको उहाँले बताउनु भयो ।

    Article inline ad #1
  • पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढिरहँदा नेपाल सीमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्‍दै गएको छ ।

    देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    4
    +1
    0
    +1
    1
    +1
    4

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button