प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताबीच भेटवार्ता

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे ०७ वैशाख ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताबीच भेटवार्ता भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत नेताहरूले भेटघाटसँगै सत्ता समीकरणका विषयमा झन्डै ३ घन्टा छलफल गरेका छन् ।

    बिहान ११ बजेदेखि सुरु भएको बैठकले सकारात्मक दिशा पहिल्याएको नेता लक्ष्मणलाल कर्णले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार अब बैठकमा मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीले २/४ दिनभित्रै सबै काम हुन्छ भनेर बचन दिएको पनि उनले बताएका छन् ।

    Article inline ad #1
  • यस विषयमा सरकार र जसपाबीच वार्ता समितिसमेत गठन भइसकेको छ । नेता कर्णले भनेअनुसार २/४ दिनभित्रै माग पूरा भए ओली सरकारलाई समर्थन गरेर जान सकिने अवस्था बनिसकेको छ ।

    तर, तत्काल ओली सरकारलाई साथ दिने जाने भन्ने विषयमा कुनै निर्णय नगरिएको केवल मुद्धा सम्बोधन पूर्ण रुपमा भए जान सकिने उनको भनाइ छ ।

    लुम्बिनी प्रकरणले निम्त्याएको समस्या
    लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ५ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेसँगै नयाँ तरंग उत्पन्न भएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर मन्त्रालयलको जिम्मेवारीमसते लिइसकेका छन् ।

    त्यसो त, लुम्बिनी प्रदेश प्रकरणको भोलिपल्ट प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्ने सेटिङअनुसार नै कायम भएको स्पष्ट हुन्छ ।

    Article inline ad #2
  • जसपाभित्र उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेताहरू ओलीलाई जसरी भए पनि बिदाइ गर्नुपर्ने अडान छन् । उता, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरू भने प्रधानमन्त्री ओलीले मुद्धा फिर्ता गर्ने वचन दिएको र ओलीसँगै मिलेर सरकार गठन गर्ने पक्षमा छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button