इन्जिनियरहरुको हकहित कार्यान्वयनका लागि सचिवमा मेरो उम्मेदवारी

हरेराम हुमागाई

Above Article Ad
  • Above Article Content Ad

    बनेपा ०७ वैशाख ।

    नेपाल इन्जिनियर्स एशोसियसनको बागमती प्रदेश सचिव पदमा इन्जिनियर हरेराम हुमागाईले उम्मेदवारी दिएका छन् ।
    नेपाल इन्जिनियर्स एशोसियसनको यही बैशाख २४ गते हुने निर्वाचन हुँदै छ । सबै इन्जिनियरहरुको हकहितलाई कार्यान्वयन गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । उनले भने, ‘यो वा त्यो बहानामा इन्जिनियरहरु पिल्सिने गरेका छन्, समस्यामा परेका इन्जिनियर साथीहरुको समस्या समाधान गर्न कटिबद्ध ढंगले लाग्नेछु ।’

    इन्जिनियर हुमागाईले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपालबाट सचिव पदका लागि उम्मेदवारी दिएका हुन् । उनी हाल नेपाल इन्जिनियरिङ कलेजमा स्नातकोत्तर अध्ययनरत छन् ।

    Article inline ad #1

    नेपाल इन्जिनियर्स एशोसियसनको अधिवेशनमा बागमती प्रदेशको सचिवमा उम्मेदवारी दिएका हुमागाईको प्यानलबाट सभापतिमा बिनोद सापकोटा, उपसभापतिमा कृष्ण घिमिरे, सहसचिवमा सबिन अधिकारी र कोषाध्यक्षमा उमेश जंग थापाले उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    3
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button