नेपालसहित २७ जनालाई स्पष्टीकरण

दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारबाही हुने चेतावनी दिएको छ।

Above Article Ad
  • Above Article Content Ad
  • धुलिखेल ०८ वैशाख ।                                                           पार्टी निर्णय बारम्बार उल्लंघन गरेकोमा सचिने अन्तिम मौका नेपाली कम्युनिस्ट पार्टी (एमाले) ले माधवकुमार नेपालसहित २७ जनालाई स्पष्टीकरण माग गरेको छ।

    प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली को हस्ताक्षर रहेको स्पष्टीकरणमा ´आफ्ना विचार र क्रियाकलापहरु सच्याइ एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको सप्रमाण जवाफ प्राप्त भएमा विचार गर्ने`भनिएको छ। नेकपा (एमाले) का कार्यालय सचिव ईश्वरी रिजालका अनुसार माधवकुमार नेपालसहित संघीय संसदका २७ जना र प्रदेश सभाका पाँच जना सदस्यसँग स्पष्टिकरण मागिएको छ। i यसअघि निलम्बनमा पर परिसकेका नेपालसहित सुरेन्द्र पाण्डे ,भिम रावल र घनश्याम भुसाललाई पठाइएको पाँचबुँदे स्पष्टीकरणमा एमालेको नाम, झन्डा र चिह्न दुरुपयोग गरी अर्को दल सञ्चालन गरेको आरोप लागेको छ।

    स्पष्टीकरणमा कर्णाली प्रदेश सभाका सदस्यलाई उचाल्दै ´फ्लोर क्रस` जस्तो अनुशासनहीन र अापराधिक कार्य गर्न उक्साउँदै पार्टी र संसदीय दल परित्याग गरेको हुनाले संसद सदस्य पदबाट मुक्त किन गर्ने? प्रश्नसमेत सोधिएको छ। तपाईंलाई यस अघि पनि तपाईंका यस्तै क्रियाकलापलाई लिएर स्पष्टिकरण सोधिएको मा तपाईंले गल्ती महसुस गर्नुको साटो उल्टै मर्यादा हिन झुठा र घोषित सहित को उदण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसहित तपाईलाई स्मरण गराउँदै नेता नेपाललाई लेखिएको दुईदिने स्पष्टिकरण पत्रमा भनिएको छ। यस्तै गतिविधि हरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्कने मौका दिने यो स्पष्टिकरण पत्र लेखिएको छ। स्पष्टिकरण पत्रमा नयाँ राजनीतिक दल खोलेको आरोपसहित नेपाललाई लगाइएको छ। दुई दिनभित्र हामीलाई एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारबाही हुने चेतावनी दिएको छ। प्रतिनिधिसभामा एमालेका १२१ संसद मध्ये नेपालको पक्षमा आइतबारसम्म ३५ जना थिए। त्यसमध्ये २७ जनालाई मात्र स्पष्टिकरण सोधिएको छ। संसद कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली यसअघि नै सस्थापना पक्ष्यमा लागिसक्नु भएको छ। अदालतको निर्णय पछि पूर्ववत् अवस्थामा नेकपा एमालेमा शुरूका दिनमा ३८ जना संासद माधव नेपाल पक्षमा थिए।

    Article inline ad #1
  • नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद र १२ जना समानुपातिक सांसद रहेकोमा बिना बुढाथोकी मगर, गंगा चौधरी सातगौंवा,सुमिना हुसेन धान र पार्वती बिसुङखे गरी पाँचजना स्पष्टिकरण बाट जोडिएका छन्। नेपाल पक्षकै लालबहादुर पण्डित र शेरबहादुर तामाङ त्यसअघि नै स्थापना पक्षमा हुनुहुन्थ्यो ।नेपाल पक्ष रहेका संसद गोकर्ण बिष्ट सहित ८ जना स्पष्टिकरण बाट जोगिएका छन् एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार पार्टी विरुद्ध समानान्तर गतिविधिमा संलग्न र पार्टी हि्वप उल्लंघन गर्न उक्साउने आह्ाउन् २७ जना संसद र कर्णाली प्रदेश सभाका सदस्य लाई दुई दिने समय राखेर स्पष्टिकरण सोधेको हो । पार्टीको हि्वप उल्लंघन भनेको अनेकौं प्रणालीमाथि नै प्रहार भएकोले चित्तबुझ्दो जवाफ प्राप्त नभएकोमा कारवाही को भागीदार हुने उहाँले बताउनुभयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button