ओली र नेपालबीचको भेटवार्ता सकियो, के भयो कुराकानी ?

Above Article Ad
  • Above Article Content Ad
  •  

    । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । झण्डै  दुई घण्टा लामो छलफलपछि अध्यक्ष ओली र नेता नेपाल बाहिरिएका हुन् ।

    नक्सालस्थित होटल मेरियटमा भएको भेटलाई अर्थपूर्ण मानिएको छ । पार्टीभित्र विवाद चुलिरहँदा दुई नेताबीचको भेटलाई आइसब्रेक मानिएको छ ।

    Article inline ad #1
  • चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल म्यारिटमा छलफल भएको हो । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

    मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

    बुधबार नेपाल समूहका सांसद एवं नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो । उनलाई नेपाल समूहले दूतका रूपमा पठाएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button