रियल म्याड्रिड बेटिससँग बराबरीमा राेकियाे

Above Article Ad
  • Above Article Content Ad
  • एजेन्सी । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

    रियल म्याड्रिडले बल पोसेसन आफ्नो पक्षमा राखेपनि गोल गर्न सकेन । म्याड्रिडले बेटिसको पोस्टमा १७ पटक प्रहार गर्दा पाँच पटक भने टार्गेटमा लागेको थियो ।

    यस बराबरीसँगै म्याड्रिडले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । ३३ खेलबाट ७१ अंक जोड्दै रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक छ ।

    Article inline ad #1
  • त्यस्तै दुई कम खेल खेलको बार्सिलोना ६८ अंकसहित तेस्रो स्थानमा रहेको छ । रियल बेटिस ३३ खेलबाट ५० अंक जोडेर छैटौ स्थानमा छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button