नेकपा एमाले काभ्रेका युवा नेता एवम् सफल व्यवसायि मनराज महतले बिकास र समृद्धिको सवालमा पुर्व मन्त्री एवंम नेकपा एमाले काभ्रेका इन्चार्ज माननीय गोकुल बाँस्कोटानै सबभन्दा बढी अबल रहनुभएको र अहिलेको यस परिवर्तित स्थितमा समग्र काभ्रेको बिकासमा बाँस्कोटा बराबरको बिकास रूपी योद्धा कोहि नरहेको उहाँले बताउनु भएको छ।
बिशेश गरेर बनेपा न.पा अन्तर्गत वडा.न पाँच यतिबेला बिकासको सन्दर्भमा अन्य वडाको तुलनामा अग्रणी स्थानमा छ र पाँच न.वडाले यो फड्कोमार्नुमा पुर्व मन्त्री बाँस्कोटाको पहल र युवानेता महतको सकृय सहभागीका कारण सम्भव रहेको वडा बासीले बताएका छ्न।
युवा नेता महतले बिगतमा भएको काभ्रेको बिकास क्रमलाई नियालेर हेर्नेहो भनेपनि अहिले जत्तिकै काभ्रेको उन्नति एवम् प्रगति बिगतका दिनमा नभएको तर अहिले बाँस्कोटाकै पहलकदमिले गर्दा काभ्रेमा बिकासको गति बृहत् रूपमा अघि बढेको उहाँले प्रष्ट पार्नुभयो र बनेपा नगरपालिका वडा न.५ मा बाँस्कोटाको पहलमा निर्माण सप्पन्न भैसकेका र निर्माणको अन्तिम चरणमा रहेका योजनाका बारेमा बिहिवार नेपाली कलम अन्लाईनलाई जानकारी दिनुभएको छ।
– बनेपा रविओपि देविटार हुदै मण्डनदेउपुर सडक निर्माणका निमित्त ३५ करोड बजेट बिनियोजन ।
-चण्डेश्वरी मार्ग पिच सप्पन्न तथा बनेपा चण्डेश्वरी पाँचखाल सडकखण्डका निमित्त १४ करोड बजेट बिनियोजन
– गणेस्थान रेडक्रस सङैको पोखरीको पुरातात्त्विक कार्य सुरु भएको छ।
-पुरानो बजारमा रहेकोे तिनधारा सर्वशनण पुरातात्त्विक कार्य हुँदै ।
-चण्डेश्वरी मन्दिर क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विभिन्न कार्यहरू हुदै जस्तै :पिक्निक स्थल चण्डेश्वरी जङ्गल सुधार सहितको पर्यटकीय क्षेत्र निर्माण कार्य र गोसाइँकुण्ड क्षेत्र सम्म जोडने र आन्तरिक र बाह्र्य पर्यटक भित्र्याउने लक्ष्य रहेको।
– कृषि क्षेत्रमा सौर्य सिचाइ तथा सिचाइका कार्यक्रमहरु सञ्चालन ।
-कृषि क्षेत्रमा आधुनिकिकरण सहित कृषि औजार बितरण कार्यहरू सञ्चालन ।
-धुलिखेल नगरकोट सडक एक चरणको कार्य पुरा तथा सो बाटोलाई बहुबर्से कार्यक्रममा समावेश गराइ निरंतर कार्य हुँदै ।
-जलेश्वर मुग्रेतार चुनदेवि सिडि निर्माण अन्तिम चरणको कार्य हुँदै ।
-ओपि थुम्का लिफटिङ खानेपानी कार्यक्रमको कार्य चल्दै ।
-ओपिगाउँ दलित बस्ती खानेपानी कार्यक्रम एक घर एक धारा कार्यक्रमको कार्य चल्दै।
-विभिन्न भेगमा कृषि सडक खुल्दै।
-चण्डेश्वरी खोला करिडोरको ट्र्याक खोलि सो ठाउँमा दायाँ बायाँ बाटो बनाउने योजना बैकल्पिक बाटोको रूपमा लैजाने तयारी ।
-हिमालय उच्च माबिको पक्की भवन सप्पन्न
-आजाद माबिको भवनको कार्य हुदै।
यसैगरी समग्र वडाको बिकास र समृद्धि थप योजना माग र छलफल निरन्तर भैरहेको महतले जानकारी दिनुभयो ।