काभ्रे काँग्रेसमा विवाद चुलियो, तिर्थ लामाको साथ हुमागाईंलाई, गणेश लामाको साथ आचार्यलाई

Above Article Ad
  • Above Article Content Ad
  • नेपाली कांग्रेस काभ्रेमा बिगत झैँ नेतृत्व विवाद चरम उत्कर्षमा पुगेको छ । झन्डै २० वर्षदेखि जिल्ला नेतृत्वमा यो वा त्यो कोणबाट एक अर्कालाई दोषारोपण गर्दै आ–आफ्नो गुटगत स्वार्थमा हानथाप चलिरहेको थियो ।
    कांग्रेसको १३ औं महाधिवेशनबाट उक्त हानथाप रोकिएको आँकलन गरिएपनि यतिबेला कांग्रेस भित्र गुट केन्द्रित राजनीति हावी भएको छ । १४ औं महाधिबेशनको तयारी स्वरुप क्रियाशील सदस्यको नवीकरण तथा नयाँ सदस्यताको विवादले जिल्ला नेतृत्व फेरि पनि गुटगत दलदलमै फसेको छ । जसले गर्दा कार्यकर्ता तहमा व्यापक नैराश्यता उत्पन्न भएकोमा पुराना कांग्रेसीहरु चिन्ता व्यक्त गर्दछन् ।
    तर उक्त चिन्ता र चासोलाइ स्थानीय तह र क्षेत्र हुँदै जिल्ला तथा केन्द्रिय नेतृत्वले बेवास्ता गरेको गुनासो पाइएको छ । हुन पनि स्थानीय समस्या र संगठनको मर्मलाइ कुनैपनि तहबाट सम्बोधन गरिएको छैन । फलस्वरूप आम निर्वाचनमा त्यसको तिक्तता र चरम असन्तुस्टी पोखिने, अन्तर्घात गरिने र कुनैपनि चुनाबमा पराजय भोग्नु पर्ने अवस्था पटक पटक आइरहेको तथ्यहरुले नै बेला बेलामा पुस्टि गरिरहेको छ ।
    यद्यपी कांग्रेसको वर्तमान नेतृत्व यसबारे सचेत र सजग छैन । यदि थियो भने अहिलेको बलियो मुद्दा क्रियाशील सदस्यताको न्यायोचित सम्बोधन गर्ने तर्फ ध्यान केन्द्रित हुने थियो तर त्यसो हुन सकेको छैन । यसको पछिलो उदाहरण पनौती नगरलाई लिन सकिन्छ । बिभिन्न दल त्याग गरेर कांग्रेस प्रवेश गरेकाहरुको पुर्ववत शर्त अनुसार पहिले नै क्रियाशील रहेका पुराना सदस्यलाई पुरानै क्रियाशील दिलाउने भनिए पनि सो अनुसार कार्यन्वयन गर्न कन्जुस्याईं गरिएको स्पष्ट छ ।
    त्यसै गरि अन्य दलबाट पार्टी प्रवेश गरेका हरुका लागि पनि क्रियाशील सदस्यता दिने सन्दर्भमा खासै वास्ता गरिएको छैन । यो दशकौं देखिको स्थायी रोग हो नेपाली कांग्रेस काभ्रेमा । हरेक महाधिवेशनमा आफुलाई मन नपरेको र गुटसंग मेल नखाएका सक्रिय एवं स्थापित सदस्यहरुको अन्तिम अवस्थामा सदस्यता काटिने गरेको जानकारहरु बताउंछन् ।
    उतिबेला पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, धुलिखेल–११ पात्लेखेतका युवा नेता बद्रिराज तिमल्सिना, महाधिवेसन प्रतिनिधि उद्धव कोइराला लगायत ६३ जनाको सदस्यता गायब गरिएको थियो । उनीहरुले आफ्नै बलबुताले आफ्नो सदस्यता कायम गराउन सफल भए पनि ४७ जना मात्र मताधिकार प्रयोग गर्न सफल भएका थिए ।
    बिगत झैं यस पटक पनि क्षेत्र–क्षेत्रले गुटगत हिसाबका आधारमा कोठे बैठक मार्फत कसलाई सदस्यता दिने कसलाई नदिने भन्ने गृहकार्य गरिरहेका छन् । प्रतिनिधि सभा १ मा केन्द्रिय सदस्य शिव हुमागाईंको प्रभाव पर्ने भएकाले तिर्थ लामा, पार्टी सचिब दिनेश लामा, सहसभापति रमेश हुमागाईं सहितको टोलि जिल्ला सभापति मधु आचार्य खेमालाई तह लगाउने दाउमा छन् । जसको पहिलो निशाना प्रदेश सभाका उमेदवार गणेश लामा हुने छन् ।
    त्यसै गरि प्रतिनिधि सभा २ अन्तर्गतका क्रियाशील सदस्यता वितरण र अन्तरिक रणनीतिमा सभापति आचार्य कुनैपनि हालतमा केन्द्रिय सदस्य शिव हुमागाईंलाई कम्जोर बनाउने योजनामा रहेको बुझिएको छ । यसरि व्यक्ति केन्द्रित राजनीति गर्दा समग्र जिल्ला संगठन फितलो हुने निश्चित छ । तर पनि यसमा कोहि जिम्मेवार हुने गरेको देखिन्न । सभापति आचार्यलाई साथ दिदै प्रतिनिधि सभा सभापति कन्चनचन्द्र वादे, सहसभापति महेश खरेल एवं प्रदेश सभा उमेदवार गणेश लामा लागि परेको पाइएको छ ।
    ति दुवै पक्षले आफ्ना आसेपासे सहित कुनै होटेलमा बसेर गोप्य रुपमा फाइल अपलोड गर्ने र सदस्यता भर्ने काम गरिरहेका छन् यतिबेला । यहि सेरोफेरोमा पनौती नगर भने बेग्लै बार्गेनिङ्ग गरेर बसेको छ ।
    केहि अग्रज तथा पुरानाहरुको सदस्यता नवीकरणमा ढिलाई भएको र त्यसको बिवरण सार्वजनिक नभएको भनि पनौती नगर समितिले बिरोध जनाएको छ । समितले त्यसको बिरोध स्वरुप नयाँ तथा पुराना कसैको पनि सदस्यता सिफारिश नगर्ने निर्णय गरेको छ ।
    पार्टी सभापति मधु आचार्य सहितको जिल्ला नेतृत्वको चर्को आलोचना सहित बिरोध स्वरुप यस पटकको महाधिवेशनमा पनौती नगरबाट कोहि पनि नयाँ तथा पुराना सदस्यता सिफारिश नगरेपनि जिल्ला समितिले पुराना क्रियाशील सदस्यको स्वत नवीकरण गरिदिएको छ । जिल्ला नेतृत्वलाइ घुर्की लगाउन कसैको सिफारिस नगर्दा पनि आचार्य समुहले पुराना सदस्यको नवीकरण गरेर पनौती नगर समितिलाई लोप्पा खुवाइदिएको छ ।

    नेतै नेताको सहर पनौतीमा नेतृत्वकै संकट

    सदस्यता विवाद चलिरहेका बेला नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव हुमागाईंको पकड मानिएको गृह नगर पनौतीमा थप विवादमा चुलिएको छ । आफ्ना गुट र चाहना भए अनुरुपमा सदस्य विस्तार नहुने देखे पछि जिल्लाका अन्य १२ स्थानीय तह भन्दा पनौतीले पृथक शैलीको निर्णय गरेको छ ।
    आफ्ना गुट र टिमको स्वार्थगत राजनीतिले गर्दा नयाँ सदस्यले कांग्रेस हुन पाउने अवसर गुमाउने भएको छ ।
    बार्गेनिंग शैलीमा धम्क्याउन चाहेको पनौती नगरसमिति यतिबेला ‘हिस्स बुडी खिस्स दाँत’ झैँ भएको छ । अन्य बिभिन्न दल र नेपाली कांग्रेसमा ठुला र गतिला मानिएका नेताहरुको सहर मानिएको पनौती नेतृत्व व्यवस्थापनमा कम्जोर देखियो । अझ भन्नु पर्दा केन्द्रिय सदस्य र जिल्ला सभापति समेत पाएको पनौती नगर नेतृत्वलाइ सहि संयोजन गर्न नजान्दा झन् संकटमा फसेको छ । हुमागाईं देखि आचार्य हँुदै प्रतिनिधि सभा एवं प्रदेश सभा उमेद्वारहरुले समेत यसलाई गम्भीर रुपमा लिन नसकेकाले नवप्रवेशी एवं आगन्तुकलाई झन् निराशा पैदा भएको छ ।
    कसैको इशारा र आदेशमा चल्ने भएकाले नगर समितिले गम्भीर त्रुटी गरेको नगरका कांग्रेसीहरु दुखेसो पोख्छ । तर उत्साहजनक तरिकाले कांग्रेस प्रवेश गरेका तथा नया फाराम भरेकाहरुले भने आक्रोश व्यक्त गरेका छन् । आफ्नो सदस्यता स्वीकृत नभए वा उचित सम्बोधन नगरे पार्टी कार्यालयमा ताला लगाउने देखि आन्दोलन समेत गर्ने उनीहरुले बताएका छन् । यसबारेमा बुझ्न खोज्दा कांग्रेसका पनौती नगर सभापति रामशरण भण्डारीले यसको जिम्मा जिल्ला सभापति लिनु पर्ने बताए । उनले भने, ‘नयाँ तथा पुराना कांग्रेसीलाई सम्मान जनक हिसाबले समेट्न आफुले पहल गर्दा गर्दै जिल्ला कार्यसमितिले एकलौटी ढंगले निर्णय गर्न खोजेकाले हामी बिधि र पद्धति अनुसार नजाने भए प्रकियामै भाग लिन्नौ भनेका हौँ ।’
    आफ्नो पार्टी भित्रको अन्तरिक सांगठानिक संरचनामा खुल्ला छलफल र बहश गर्न नसक्ने नचाहने र निषेधको राजनीतिमै रुमल्लिने पनौती नगरसमिति आगामी दिनमा कसरी नगरबासीको समस्या सम्बोधन गर्न केन्द्रित हुनेछ त्यो आम काभ्रेलीले हेरिरहेका छन् ।                                        साभार:- तेमाल अन्लाईन
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button