मौसमले साथ दिएमा करिब एक महिना भित्रै सडक कालोपत्रे हुने (बनेपा-पनौती)

Above Article Ad
  • Above Article Content Ad
  • बैशाख १९ घुलिखेल ।

    धेरै जनगुनासो र जनचासोको विषय बनेको बनेपा पनौती सडक अब भने कालोपत्रे हुने भएको छ । मौसमले साथ दिएमा करिब एक महिना भित्रै सडक कालोपत्रे हुनेछ ।

    यो सडकखण्डमा ड्रेन र वालको काम सम्पन्न भइसकेको छ । अस्पाल पिचको लागि सडक डिभिजन कार्यलय भक्तपुर बाट टेण्डर भई निर्माण कम्पनीले सम्झौता गरिसकेको छ ।
    सडक छेउभित्ताको विजुलिको पोल र टेलिकमको पोल सार्ने काम समेत करिबकरिब सकिएको छ ।

    Article inline ad #1
  • बर्षायाममा हिलो, खाल्डाखुल्डी र अरु बेला धुलो हुने यो सडकमा अब पिच भएपछि यात्रुहरु र स्थानियबासिहरुलाई राहत हुने पनौती-७ का स्थानीय सविन ताम्राकारले बताउनु भयो ।
    आईतबार पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले सडकमा भइरहेको कामको स्थलगत अवलोकन गर्नुभएको थियोे । उहाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button