ओली र नेपालबीच भेटवार्ता हुँदै एमाले फेरि एकढिक्का हुन सक्ने संभावना

Above Article Ad
  • Above Article Content Ad
  • प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केही समयपछि भेट हुने नेपाल निकट नेता जगन्‍नाथ खतिवडाले इकागजलाई जानकारी दिए ।

    ‘ओलीले भेटेर छलफल गरौँ भनेका छन्’ खतिवडाले इकागजसँग भने ‘के भन्‍ने रहेछन् छलफल त गर्नुपर्‍यो ।’ उनका अनुसार नेता नेपालले बालुवाटारमा नआउने भनेपछि भेट्‍न ठाउँ र समय भने टुंगो लागेको छैन् ।

    आज बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही फुकुवा गरेको थियो ।

    Article inline ad #1
  • २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान नेपाल समूहले कायम राखेको छ । अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button