एमाले विवाद समाप्त – जेठ २ मा फर्कन ओली सहमत भएपछि देशैभरका कार्यकर्ता खुसि

Above Article Ad
  • Above Article Content Ad
  • काठमाण्डाै – नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएकाे छलफलमा विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।                                                                                                                          बैठकपछि नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो ।,                                                                                                          जेठ २ को अवस्थामा फर्कनको लागि कार्यदलमा बनाउने र कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्ने नेता रावलले बताउनुभयो । हिजो बेलुकी भएको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button