गल्ती लुकाउन चौंरीदेउरालीलाई पर्यो हमेहमे तर कर्मचारी नियुक्तमा भएको लापरबाही स्वीकार्न सकस

Above Article Ad
  • Above Article Content Ad
  • चौरिदेउरालि गाउँपालिकालाई यतिबेला आफैंले गरेको गल्ति लुकाउन र उक्त गलती स्वीकार्न हमेहमे परेको छ।
    कर्मचारी नियुक्तका विषयलाई लिगेर चौरिदेउराली गाउँपालिका अहिले सर्वत्र बिरोधको तारो बनेको छ।

    पालिकाप्रति व्यापक बिरोध र भत्सर्ना बढेसङै पालिकाले आफ्नो गल्तिको ढाक्छोप गर्न पानी माथिको ओभानो बन्दै तथ्यहिन कुरा उठाउन थालेको छ।

    पालिका अन्तरगत स्वास्थ संस्थाहरुमा कर्मचारी पदपूर्तिका लागी आवेदन दिएका निलकण्ठ गौतमलाई
    पालिकाको माग बमोजिम सम्पुर्ण योग्यता पुगेपनि माओवादी नभएका कारण उनि उक्त पदका लागि छनोट भएनन् र गाउँपालिकाले आफु माथी गरेको उक्त अत्याचारको भण्डाफोर गर्दै गौतमले सामाजिक सञ्जालमा प्रमाण सहित पालिकाको गलतीको पर्दाफास गरेका थिए ।

    Article inline ad #1
  • कर्मचारी नियुक्तिका बिषयलाई साधारण सोचेर खासै महत्त्व नदिएको पालिकालाई सर्वत्रबाट आलोचना भोग्नु परेपछि गलती लुकाउन हर्दम प्रयास गरेको देखिन्छ ।

    कतैबाट पनि कुकर्म नढाकिने भएपछि पालिकाले गौतमलाई आफ्ना आसेपाशे लगाएर रोजगारी दिने प्रलोभन देखाएर गौतमसङ भएका प्रमाण मिडियामा नदिन आग्रह गर्दै उक्त पालिकाको गलतीको प्रमाण नस्ट गर्न विभिन्न प्रतिष्ठित व्यक्तिलाई प्रयोग गरेको कुरा शुक्रबार गौतमले नेपाली कलमलाई जानकारी दिए ।

    महिले रोजगारी पाउनु अब ठुलो कुरा रहेन स्वाल अब व्यवस्थापन प्रतिको गम्भीर टुटिको हो यसकारण सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गर्ने मतियारा हरुलाई कानुनीदायरामा ल्याउन डर र धम्कीको प्रवाह नगरी आफुहरु पालिकाको चरम लापरबाहीको विरुद्धमा मैदानमा उत्रिएको गौतमले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    सम्बन्धित खवर
    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button