मुलुक अब संविधान सम्बत निर्बाचन तर्फ :- अखिल काभ्रे संयोजक

Above Article Ad
  • Above Article Content Ad
  • अनेरास्ववियु काभ्रेका अध्यक्ष एवम् नेकपा एमालेका युवा नेता गोविन्द उप्रेतीले संम्सद संबिधान संवत् विघटन भएको हो भन्दै सबै राजनीतिक दलले ताजा जनादेशका लागि तयार हुनुपर्ने बताएका छ्न। उप्रेतीले  कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु राजनीति भन्दा पनि कानुनी र संवैधानिकभन्दा विषय भएको दाबी गरे ।

    आइतबार नेपालि कलम अन्लाईन सङ कुराकानी गर्दै उनले विघटन नगरे देखि देश अब कसरी चलाउने प्रधानमन्त्रीले  बिश्वासको मत लिन नसकेपछि बहुमत पुर्याउ सरकार बनाउ भनेर बाटो त छोडिदिनु भएकै हो अब उनिहरुले बहुमत पुर्याउन सकेनन् त मनलागि तर्क गर्न त भएन नि भन्दै बहुमत पनि लिन नसक्ने अनि असबैधानिक भयो भन्दै हिडनु भनेको शेरबहादुर देउवा ,माधव कुमार नेपाल र प्रचण्ड लगाएत नेताले आफ्नो राजनीति ज्ञान प्रति अयोग्यता र ढुल्मुल भएको मनस्थिति जाएर गरेको अनुभुति हुन्छ। ‘यो राजनीतिक निर्णय हो र संविधानले प्रधानमन्त्रीलाई दिएको अधिकार हो र संविधानको  अभ्यास गर्न दिनुपर्ने उनले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापना केका लागि गर्ने ? कसरी हुन्छ ? कुन विकल्पका लागि हुन्छ ?’ उप्रेतीले प्रश्न पनि गरे ।
    यदि  प्रतिनिधिसभा पुनःस्थापना भएमा देशमा अस्थिरता आउने दाबी समेत गरे र  सडकबाट अदालतलाई प्रभाव पार्न खोजिएको बताइरहेका उप्रेतीले  पुनःस्थापना कुनै पनि हालतमा नहुने ठोकुवा समेत गरे ।
    उनले प्रधानमन्त्रीले विघटन गर्न पाउँदैन भनेर संविधानमा कतै नलेखिएको दाबी गरे । केही कानुनविद्हरूले बुझ बुझेर पनि राजनीतिक दलको आडमा लागेर बुझ पचाएको  देखेर आफूलाई दया लागेको उनले बताए ।
    नेपाली कलम अन्लाईन सङ्गको अन्तर्वार्तामा उप्रेतीले  पुनःस्थापनाको माग गर्नेहरू झुन्ड मात्रै भएको आरोप उनले लगाए । प्रतिनिधिसभा पुनर्बहालीको माग गर्नेहरूले मुलुकको संस्कृति र सभ्यतामा प्रहार गरेको उनले बताए ।

    Article inline ad #1
  • उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै कुनै बेला न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि आफैं न्यायालयमा छु  प्रधानमन्त्रीले भनेको  प्रसंग दोहोर्‍याए ।
    ‘वक्तव्य निकाल्ने न्यायमूर्तिहरूले प्रधानन्यायाधीश भएका बेला आफ्नो समयमा कस्तो न्याय दिनुभएछ ?’ उनले भने, ‘पत्रकार सम्मेलन गर्ने र वक्तबाजी गर्नेहरूले मात्र कानुन पढेका छन् । अरूले पढेका छैनन् ? के सर्वोच्च अदालतमा वकालत नगरी बिनाअनुभव मान्छे पुगेका छन् ?’ भनेर उनले प्रश्नन समेत खडा गरे।

    नेपाल समूहप्रति लक्षित गर्दै उनले भने, ‘कहिले प्रतिनिधिसभा विघटन भयो भन्दै मुद्दा हाल्न जाने, कहिले विघटन भएको छैन प्रतिनिधिसभा बैठक बस्छौं भन्ने, सडकमा जान्छौं पनि भन्दै गर्ने, अदालत जान्छौं पनि भन्ने ।’

    विघटन संविधानसम्मत छैन भन्दै मान्छे उचाल्नेहरूलाई संविधान पढ्न  समेत सुझाव दिए ।
    उनले भने, ‘कमसेकम संविधान पढ्नुस् अनि बहस गर्नुस् ।’ स्वतन्त्र रूपमा न्याय सम्पादन गर्न बाधा पुर्‍याउने गरी नाटक नदेखाउन अनुरोध समेत गरे।
    ६–६ महिनामा सरकार परिवर्तन गर्ने तमासा गर्न प्रतिनिधिसभा पुनःस्थापना गर्नै नहुने  उनले बताए । बाह्य शक्तिको गोटी बन्ने र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आएपछि प्रधानमन्त्रीले  प्रतिनिधिसभा विघटन गरेर स्थिरता दिने प्रयास गरेको उनको भनाइ थियो । प्रधानमन्त्रीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएर पुष्पकमल दाहाल र माधव नेपाल माइतीघरमा हामी यहाँ छौं भनी सडकमा बसेको प्रसंग दोहोर्‍याउँदै
    पदलोलुप मान्छेका कारण प्रतिनिधिसभा विघटन भएको  भन्दै उनले निर्वाचनमा जितेर देखाउन चुनौती समेत दिएका छ्न।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button