काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः थप गर्ने तयारी भइरहेको हो ।

    यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएकाे थियाे । पुनः थपेर मसान्तसम्म लागाइएको निषेधाज्ञा फेरि अर्काेपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो । थपिएको अवधि भोलि मंगलबार मध्यराति सकिँदै छ । त्यसअगाडि नै निषेधाज्ञा थप गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

    उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप निर्णय लिइने बताइएको छ । यसपटक एक कति दिनका लागि थप गर्ने भन्ने निर्णय छलफलबाट तय गरिनेछ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button