मदन भण्डारीले प्रयोग गर्नुभएको ‘शत्रु ‘ शव्द र माधव नेपालको अराजनैतिक संस्कार बीचको समानता

Above Article Ad
  • Above Article Content Ad
  • कमरेड मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपा एमालेको आन्दोलन ले निश्चित रूपमा नयाँ  नेपाल बन्ने र नेपाली जनताको आमूल परिबर्तनको सपना पुरा हुने संभाबना थियो र अझै पनि संभावना रहदारहदै आफुलाई एमालेको संस्थापनको दर्जा दिने माधव कुमार नेपाल अहिले कम्युनिस्ट आन्दोलन र एमालेका एक प्रमुख शत्रुका रूपमा स्थापित भएर ज.ब.ज कै धजिया उडाउदै राजनीतिबाट बिचल्लीत हुदै आफ्नै संघसंगठनलाई घात गर्दै एमालेलाई  गिराउन आज  कम्युनिस्ट आन्दोलनको एक  प्रमुख शत्रुको भुमिकामा हात धोएर उत्रिएका छ्न ।

    २०४७ साल चैत्र ५ गते काठमाडौको चावहिलमा आयोजित जनसंभामा भण्डारीले जारी गर्नुभएको सम्बोधनमा भण्डारीले भन्नुभएको थियो “मुल शत्रु बदलिन्छन आन्दोलनको दौरानमा, मुल शत्रु बदलिए पनि परिस्थिती बदलिएको छैन! भने अर्को जुन मुल शत्रु आउँछ ! त्योसँग हामीले हाम्रो लडाँईलाई जारी राख्नु पर्छ ” भण्डारीको उक्त भनाइको तात्पर्य यो हो कि शत्रु प्रतेक घटनापिच्छे बदलिन्छ्न र शत्रुले आक्रमण र क्षेति गर्ने प्रकृति पनि घटना पिच्छे फरक -फरक हुन्छ यसकारण पुरानो शत्रुसङ्को टक्रावको अनुभवले नयाँ शत्रु सङ लडाइँ गर्न कठिन हुन्छ यसकारण नयाँ शत्रु नयाँ प्रकृतिको हुन्छ जसकारण शत्रुलाई राम्रो सङ चिनेर शत्रुको  प्रकृति अनुरुप लडाइँ लडनु पर्छ भन्ने कुरा उहाँको यस भनाइ बाट पुष्टि हुनजान्छ ।

    भण्डारीले  सम्बोधनमा प्रयोग गर्नुभएको यस ‘शत्रु ‘ शव्द  सामान्तवाद दलाल ,नोकरशाही ,साम्राज्यवाद र पुजीवादीहरुलाई अङ्कित गरेर मुलुकमा अस्थिर फैलाउने राष्ट्रिय स्वाधीनता र अस्मिता माथी प्रहार गर्ने र बिदेशी शक्तिको खेताला बनेका तमाम राष्ट्रघाति लाई  यो ‘शत्रु ‘ शव्दले सम्बोधन गर्नुभएको हो।मुख्यत उहाँले कम्युनिस्ट बिरोधि एवम् नेपाल राष्ट्रमा आतंक र अस्थिरता मच्चाउने मुलुकका शत्रुलाई यो ‘शत्रु ‘ शव्द बाट सम्बोधन गर्नु भएको हो।

    Article inline ad #1
  • आश्चर्यको कुरा के रहयो भने भण्डारीले प्रयोग गर्नुभएको ‘शत्रु’ शव्द र अहिलेको परिस्थितिमा माधव कुमार नेपालको  अराजनैतिक र अवसरवादि संस्कार बीच समानता देखिन थालेको छ। मुलुकमा अशान्ति ,अस्थिरता र बिदेशी हस्तक्षेप लाई बढावा दिन र राष्ट्रियता र एमालेलाई कम्जोर पार्न  माधव नेपालले खेलेको भुमिका अर्थात माधव नेपालको अहिलेको प्रकृति मदन भण्डारीले प्रयोग गरेको ‘शत्रु’ शव्दको पर्यायवाची बनेको छ।

    पदको लोभमा र आफ्नो निर्हित स्वार्थका लागि कुन्ठा र व्यक्तिगत दुर्भावना बोकेर  प्रतिपक्षी सङ खुलेआम आफ्नै सरकार गिराउन र पार्टी बिभाजन गर्न ताल्लिन भएर लागेका माधव नेपाल आज कम्युनिस्ट आन्दोलनका एक लेन्डुप कलङ्क र अवसरवादि भएका छ्न। विभिन्न आरोह-अवरोह झेल्दै बिश्वमा कम्युनिस्ट धराशाहि हुदै ढल्दै गरेका बखत नेपालमा बृहत रुपले कम्युनिस्टहरु बढाउदै गरेको  सामन्तलाई घुणा टेकाउदै निरङ्कुष राजतन्त्रको अन्त्य गर्दै नेपाली जनताको उन्नति प्रगतिका निमित्त अग्रसर भएको एस एमालेमा माधव कुमार नेपाल जस्ता  नेता हुनु भनेको साच्चै दु:खद कुरा हो।

    विभिन्न कालखण्डमा सहिदहरुको बलिदानबाट उठेर आज कम्युनिस्टको गौरवशालि इतिहास बोकेको संघसंगठनमा माधव नेपाल ,झलनाथ खनाल जस्ता अवसरवादिले गर्दा कतै अब पार्टी धराशाहि त हुनेहैन ? एमालेका  विभिन्न नेता कार्यकर्ता एवम् शुभचिन्तकको चिन्ताको बिषय बनेको छ।

    पार्टी अध्यक्ष  एवम् प्रधानमन्त्री विरुद्ध मोर्चावन्दि गर्ने गुटगत राजनीतिमा रमाउने एमालेका प्रमुख शत्रु माधव नेपाललाई यदि एमालेले साधारण सदस्य समेत नरहने गरि कारवाहि गर्न सकेमा मात्रै एमालेको भविस्य उज्ज्वल छ नत्र माओवादीको अवस्था बन्न कति बेर पनि लाग्ने छैन।

    Article inline ad #2
  • अब यस अवसरवादि प्राविधि भएका  माधव ,झलनाथ ,प्रचण्ड लगाएत अभिजातिए तत्वहरुलाई हामि तमाम कम्युनिस्ट नेता कार्यकर्ताले राजनीतिबाट बहिष्कार गर्नुपर्ने  आजको प्रमुख आवश्यकता र यसो गर्न सकियो भने मात्रै ज.ब.जको आधारशिलामा टेकेर नेपाली जन्ताको उन्नति ,प्रगति एवम् उज्ज्वल भविस्यको ज्ञारेन्टि गर्न सकिन्छ।

    लेख्क:- सविन घिमिरे

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    2
    +1
    1
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button