कोरोनाबीच वातावरण दिवस

Above Article Ad
  • Above Article Content Ad
  • स्वच्छ हावा, पानीको नारा दिँदै संसारले वातावरण दिवस मनाउँदै गरेको धेरै वर्ष भइसकेको छ, र पनि मानिसको प्राण पखेरुसँग गाँसिएको हावा शुद्ध छैन, न पानी वा समग्र प्रकृति नै। कोभिड–१९ को जोखिम घटेको छैन, बढेको बढेकै छ। खुला सिमानाका कारण नेपालीहरू यसको प्रभावमा परेकै छन्।

    विश्व स्वास्थ्य संगठन भन्छ, लकडाउन गर, हात धोऊ, मास्क लगाऊ, दूरी कायन गर ! संसारबाट एकै वर्षमा ३५ लाख मानिसलाई निलिसक्दा पनि नियन्त्रण गर्न नसकिएको यो महामारीले विज्ञानलाई ठाडै चुनौती दिएको छ। अमेरिका र चीनको व्यापार युद्ध छ, कोरोना भाइरस त विश्वयुद्धभन्दा बढी खतरनाक देखिएको छ। प्रकृतिमैत्री वातावरणबाट अलग हुन लागेको मानव सभ्यताका लागि कोरोना महामारी एउटा ठूलै चुनौती बनेको छ। विश्व खतरामा पर्दा नेपालीजस्ता गौ प्राणी मान्छेहरू घट्टमा मकै पिस्दा घुन, पुतली पनि पिसिएभैmँ पिसिएका छन्, निरीह बन्दै अकाल भनौँ युवा उमेरमै खग्रास बनेका छन्।

    संसारमा घातक रसायनको कारोबार बढेको छ। विषाक्त वस्तुको सेवन बढेको छ। वातावरण धमिलो भएको छ। प्रकृति विनाश भएको छ। मानिसको स्वास्थ्य बिगार्ने गरी अस्वस्थ औद्योगिक लगानी बढेको छ। देशभित्र मात्र होइन देश बाहिरको लगानी, नाफा गरी छिटो धनी हुने सोखले मानव हित प्रतिकूल भएको छ। मानव स्वास्थ्य खासगरी नसा, फोक्सो, मुटु, मस्तिष्क, मिर्गौलाप्रति लापरवाही गरिएको छ। हालकोे कोरोना हावासँग सम्बन्धित श्वासप्रश्वाससम्बन्धी, घाँटी र फोक्सोलाई प्रत्यक्ष असर पर्ने सरुवा रोग भनिएको छ। वात भनेको हावा र आवरण भनेको यसको ढकनी भनौँ समग्र वातावरण शुद्ध हुँदो हो भने यसले कसैलाई आक्रमण गर्ने थिएन होला, वातावरणविद् र यो दिवस मनाइरहनेहरूलाई यो ठाडै चुनौती हो।

    Article inline ad #1
  • विषाक्त खानाले रोग प्रतिरोध क्षमता घट्छ। उच्च उत्पादनको अपेक्षा गर्दै खेतबारीमा प्रयोग गरिने विषादीले माटो, पानी, हावा दूषित गराउँछ, फलतः मानव स्वास्थ्यमा अनेकौँ व्यवधान उत्पन्न प्राणघातक रोगको उदय हुन्छ। हेर्दा सामान्य लाग्छ, तर यसले गर्ने साइकल चक्रको प्रभाव धेरै गहिरो हुन्छ। विश्व पर्यावरण २०१९ को प्रतिवेदनले स्पष्ट पारेको छ– सन् २०१९ मा संसारभरि २५ लाख ५० हजार टन विषादी खेतबारीमा प्रयोग भयो। यस्ता विषादी ९८ प्रतिशतले माटो, हावापानीलाई प्रदूषित बनाए। संसारमा हाल ठूला केही कम्पनी छन्, जसले ७५ प्रतिशत विषादी उत्पादन गर्छन्। मिसावटी खाना, विषाक्त खानाले शरीरका अंग प्रत्यंगहरूलाई घात गर्छन्। रोगसँग लड्ने क्षमता हुन्न जसबाट मानिसको अकालमा मृत्यु हुन्छ। यसअघि पनि एड्स, डेंगो, स्वाइनफ्लु, वर्डफ्लुजस्ता रोगले संसारभरि आतंक भएकै हो।

    परिश्रम बिनानै धनी बन्ने विकृत मनस्थितिको उपज हो कोरोना ! मान्छेको चरित्र व्यभिचारी भएको संकेत हो, कोरोना ! सुख सयलको तीव्र खोजीको उपज हो कोरोना !

    हाल अर्बौं मानिसको निद्रा हराम भएको छ, अर्थतन्त्र डामाडोल छ, घर परिवारमा पानी बाराबारको स्थिति छ, सामाजिक सद्भाव छैन, होस गुमेको छ, बाँचेकाहरू पनि मनोवैज्ञानिक त्रासमा  छन्। भाइरस आफैंमा अदृश्य शत्रु हो, जोसँग लड्न  सकिएको छैन। न लकडाउनले यो भागेको छ, न प्रहरी प्रशासनको निषेधाज्ञाले डराएको छ, यो त उन्मक्त, मत्ताहात्ती भई सबैको सुक्ष्म मन मस्तिष्कमा बसेको छ। विज्ञानलाई धम्की दिएको कोरोनाले न अल्लाहको भक्तिले छोएको छ, न यशुको प्रार्थनाले, न त क्राइस्ट, बाइबल, वेद र ईश्वरको प्रार्थनाले ! सुन्ने एकमात्र औषधि हो मानिस र प्रकृतिबीचको पुनर्मिलन !

    मानिसले प्रकृतिप्रति अन्याय गर्‍यो, होडबाजी र प्रतिस्पर्धी वातावरण तय गर्‍यो। पञ्चतत्व, पानी, हावा, शब्द, तेज र माटोको माया गर्न बिस्र्यो। जलवायु परिवर्तन गरायो, समयमा वर्षा भएन, अनावृष्टि, अतिवृष्टिले बाढी, पहिरोको खतरा बढ्यो। मान्छेका मूल्य मान्यता, स्नेह, इमानदारिता, दया, प्रेम रहेन। खुला व्यापार शरीरको सम्बन्धमाथि सीधै बन्चरो प्रहार गरेकाले प्राणघातक महामारी र प्रकोप संसारभरि कालो बादलझै उर्लेर आएको हो।

    Article inline ad #2
  • त्यसो त संसारमा जनावरबाट फैलिने रोगबाट विश्वमा बर्सेनि १० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ। प्लस्वान भन्ने एक जर्नलले प्रकाशन गरेको विवरणअनुसार सन् १९८० देखि सन् २०१३ को समय अर्थात् तीन दशकमा २१५ वटा भन्दा बढी महामारी फैलियो। यतिबेला मात्रै ४ करोड ५ लाख बढी मानिस संक्रमित भए। संक्रमित र मृत्यु हुनेमा ६० प्रतिशत मानिस जनावरबाट फैलिएको सरुवा रोगकै कारण थियो। त्यसमध्ये दुई तिहाइ जनसंख्या जंगली जनावरको ब्याक्टेरिया भाइरस आदि जीवाणुको कारण बनेको थियो। संसारले भन्ने गरेको दुई तीन दशकदेखिको एउटा नारा छ, विश्व एक गाउँ, विश्व एक परिवार, राजनैतिक र आर्थिक भूमण्डलीकरण ! एकको सिको अर्कोले नक्कल गर्नुपर्ने, आफ्नो माटोपानी, हावा कस्तो छ, त्यसलाई नहेर्ने, विश्व बन्धुत्वको नारामा उर्लेका संसारलाई कोरोनाले नराम्रो प्रहार गरेको छ।

    राजनीतिर्मीहरूलाई कोरोना राम्रो दुहुनो गाई बन्यो, सत्ता टिकाउने अस्त्र बन्यो, कमाउने भाँडो भयो, मागी खाने भाँडो बन्यो, पराधीन अर्थतन्त्रलाई झन् पछि धकेलेर थप पराधीन र बेहोसी बनायो। कीटनाशक औषधिको अत्यधिक प्रयोग, प्रागांरिक जैविक मलको अभाव, प्रकृति प्रेमी रहनसहन जीवनशैलीको अभाव, जंकफुड, फास्टफुट, एसीको सोख, शारीरिक परिश्रमको अभाव, विलासी खाना, विलासी जीवन, विलासी वस्तुको अधिक प्रयोग, तनाव, चिन्ता, क्रोध, फ्रिजका सडेगलेका खानाजस्ता विधि व्यवहारले मानव जीवन उच्च जोखिममा पर्न गयो। आयुर्वेदिक र घरेलु उपचारप्रति ध्यान नदिएको, योग, ध्यान, पूजा ईश्वरप्रति मानिसको भोक नभएको बेलगामको छाडा प्रवृत्ति बढ्नाले संसारले आज सोच्दै नसोचेको नरसंहार व्यहोरिरहेको स्पष्ट छ।

    चोरी, बलात्कार, हिंसा, क्रूरता, इष्र्या, वैमनस्यताको उपज हो र महत्वकांक्षाको उपज हो कोरोना ! परिश्रम बिना नै धनी बन्ने विकृत मनस्थितिको उपज हो कोरोना ! मान्छेको चरित्र व्यभिचारी भएको संकेत हो, कोरोना ! सुख सयलको तीव्र खोजीको उपज हो कोरोना ! स्वास्थ जीवन शैलीका लागि प्रहरी प्रशासन लकडाउन, निषेधाज्ञा औषधि होइन कोरोनाको !

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button