पारासिटामोल सहयोग

एम्टेक मेड प्रालिद्वारा प्रदेश १ सरकारलाई डेढ लाख ट्याबलेट पारासिटामोल सहयोग

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे। बजारमा सिटामोलको अभाव भईरहेको बेला मोरङको कटहरी स्थित एम्टेक मेड प्रालिले प्रदेश १ सरकारलाई डेढ लाख ट्याबलेट पारासिटामोल सहयोग गरेको छ ।

    कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गरिने पारासिटामोलको बजारमा अभाव भएपछि प्रदेशका स्वास्थ्य कार्यालयहरु मार्फत सर्वसाधारणहरुलाई वितरण गर्न उद्योगले प्रदेश सरकारलाई पारासिटामोल उपलब्ध गराएको हो ।

    शुक्रवार एक कार्यक्रम बीच औषधी उद्योगका कर्मचारीहरुले सामाजिक विकास मंत्री उषाकला राईलाई पारासिटामोल हस्तान्तरण गर्नुभयो । सो औषधी उद्योगले पारासिटामोलको अभाव हुन थालेपछि उत्पादन थालेको छ ।

    Article inline ad #1
  • औषधी उत्पादकले उत्पादन लागत बढेकाले उत्पादन घटाएको र उपभोक्ताहरुले घर घरमा पारासिटामोल संचित गरेर राख्दा बजारमा पारासिटामोलको अभाव भएको थियो ।

    केन्द्रबाट प्रदेशका लागि आएको पारासिटामोल र विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट प्रदेश १ का सबै स्वास्थ्य कार्यालयलाई १०\१० हजार ट्याबलेट पारासिटामोल पठाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button