खानपिनको समस्या भोगिरहेका बिरामी कुरुवालाई महिला उधमिहरुको राहत

Above Article Ad
  • Above Article Content Ad
  • कोरोना महामारीको समयमा जनताको जीवन रक्षाका लागि  काभ्रेको धुलिखेल अस्पताललाई अक्सिजन र बिरामी कुरुवाका लागि खाना र खाजाको सहयोग प्राप्त भएको छ। 

    धुलिखेल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामी कुरुवाहरुलाई खानपिनको समस्या भोगिरहेका बिरामी कुरुवालाई खाना र खाजा सहित ११ वटा अक्सिजन शिलिन्डर नेपाल् सार्क च्यामबर महिला उधमि काउन्सिलका अध्यक्ष श्री सरोजनी शेर्चन
    सदस्यहरु :-
    लुना श्रेष्ठ ठाकुर,  निता पौडेल  ,  जोली राजभ्डारी,  विन्जु स्थापित ताम्राकार , जुलिया चित्रकार,  ज्योत्सना सैंजु र महिला उद्यमीहरु सुष्मा शर्मा र अर्चना दाहालले सहयोग गर्नु भएको हो।

    बिरामीका लागी अस्पतालले खाना ,खाजाको व्यवस्था गरेतापनि कुरुवाका लागि भने उचित खानपिनको व्यवस्था नभएका कारण नेपाल् सार्क च्यामबर महिला उधमि काउन्सिलका पदाधिकारीले सेवा नै धर्म हो भन्ने मर्मलाई बुझेर आफुहरुले सकेको सहयोग गरेको अध्यक्ष शेर्चनले बताउनु भयो र भविष्यमा पनि आफुहरु यसै कार्यमा सक्दो अग्रसर भएर लाग्ने उहाँले बताउनुभयो।

    Article inline ad #1
  • अहिलेसम्म बिरामीका लागी प्रसस्त सहयोग प्राप्त भएतापनि कुरुवा प्रति यतिको चासो दिएर अस्पतालमा महिला उधमिका पदाधिकारीले नै पहिलो पटक सहयोगको हात अघि बढाएको अस्पताल प्रसाशनले जानकारी दियो।

    काउन्सिलले सहयोग  गरेको उक्त ११ वटा अक्सिजन शिलिन्डर र बिरामी कुरुवाका लागी खाना खाजाको व्यवस्थाले अस्पताललाई ठुलो राहत पुगेको अस्पताल प्रशासनले बताएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button