गुण्डा नाईके भनेर चिनीने गणेश लामा पाेखरा बाट प्रकाउ

विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा आज पोखरा बाट पक्राउ

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,  विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा आज पोखरा बाट पक्राउ परेका छन् ।।निषेधाज्ञा छिचोल्दै पोखरा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

    लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।

    प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।

    Article inline ad #1
  • यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ ।

    सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button