के हो बालबालिकामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम MIS-C ?

धुलिखेल नगरपालिका का नगर स्वास्थ्य प्रमुख सन्दीप के.सी

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे। मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (MIS-C) एउटा बालबालिकामा देखा पर्ने कडा प्रकारको खतरापूर्ण स्वास्थ्य अवस्था हो । यसलाई नयाँ प्रकारको रोग नभई कोरोना भाइरसको असरबाट शरीरका बिभिन्न अंगहरुमा गम्भीर लक्षण देखा पर्ने बिशेष अवस्थाको रुपमा लिन सकिन्छ यो धेरै रोगको लक्षण तथा चिन्हहरुको समुह हो । यसरी फरक प्रकारका रोगहरुको लक्षण एकैपटक देखिने भएकोले यसलाई सिन्ड्रमको भनिएको हो बिशेष गरी १९ वर्ष सम्मको उमेर समुहमा हुने एमआइएससीमा शरीरमा विभिन्न अङ्ग सुन्निने तथा बच्चाको दुई वा दुईभन्दा बढी प्रणालीमा असर गर्ने हुन्छ । कोरोनाको गम्भीर लक्षण देखिएका सङ्क्रमितमा मात्र नभई हल्का देखि मध्यम सङ्क्रमण भएको बच्चामा समेत उक्त समस्या देखिने गरेको छ ।

    कोभिड १९ आफैमा नयाँ रोग हो यसको बारेमा धेरै अनुशन्धानहरु जारी रहेका छन् ।संक्रमित मानिसहरुमा
    देखिएका फरक लक्षणहरु तथा फरक भेरिएन्टका भाइरसका कारण यो अझ जटील बन्दै गएको छ । बालबालिकाहरुमा मल्टी सिस्टम इन्फ्लामे सिन्ड्रम (एमआइएससी) का बारेमा अमेरिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनअध्ययन गरिरहेको छ । अध्ययनले यसको सम्भाब्य कारण तथा उपचार प्रकृया बारे जानकारी प्राप्त हुने आसा गरिएको छ । बालबालिकाहरुमा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एम आइ एस.सी) जस्तै बयस्कहरुमा समेत यो अवस्था देखिन सक्दछ जसलाई मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन एडल्ट (एम आई एस ए ) भनिन्छ । यो कोभिड – १९ संक्रमणको समयमा तथा बालबालिकामा जस्तै केहि हप्ताको अन्तरालमा समेत देखा पर्न सक्दछ ।

    एस.सी) जस्तै बयस्कहरुमा समेत यो अवस्था देखिन सक्दछ जसलाई मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन एडल्ट (एम आई एस ए ) भनिन्छ । यो कोभिड १९ संक्रमणको समयमा तथा बालबालिकामा जस्तै केहि हप्ताको अन्तरालमा समेत देखा पर्न सक्दछ।

    Article inline ad #1
  • हाल दोश्रो लहरको कोरोना संक्रमणको अवधिमा नेपालमा समेत केही बच्चामा एमआइएससी पुष्टि भइसकेको छ । कोभिड १९को सङ्क्रमण भैरहेको समयमा भन्दा पनि सङ्क्रमण भएको करीव चौथो हप्तामा बालबालिकाहरुमा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआइएस.सी) देखिन थालेको बालरोग विशेषज्ञहरुले जनाएका छन् । अझै तेश्रो लहरमा बालबालिका बढ़ि संक्रमित हुने अनुमान सार्वजनिक भैरहेको समयमा यो थप चासो र चिन्ताको विषय हो ।

    कोभिड सङ्क्रमित भएको वा बच्चामा सङ्क्रमणको इतिहास एमआइएस सी हुने हुन्छ । बच्चाको पिसिआर रिपोर्ट नेगेटिभ आउँदा पनि एन्टिबडी टेस्ट गरेर हेर्दा बच्चामा भाइरस विरुद्धको एन्टिबडी बनिसकेको देखिन्छ । मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआइएस.सी) हुँदा बिषेश गरी पेट दुखाई हुने, लगातार २४ घण्टा भन्दा बढि ज्वरो आउने, छालामा डावरहरु देखा पर्ने तथा बान्ता हुने जस्ता लक्षण देखा पर्दछन । त्यसैगरी मुटुको गति बढ़ने, स्वास छिटो छिटो चल्ने आँखा रातो हुने ओठ तथा मुख सुनिने, हात र खुट्टाहरु सुन्निने जस्ता लक्षणहरु देखा पर्दछन । यसमा लिम्फ ग्रन्थीहरु सुन्निने तथा अत्यधिक थकानका लक्षणहरु समेत देखिन सक्दछ । त्यसैगरी कन्जटिभाइटिस हुने, रक्तचाप घट्ने, रगत जम्ने वा मुटुको समस्या पनि हुनसक्छ । कडा खालको पेट दुखाई तथा सुस्त वा बेहोस हुने र बर्बराउने तथा अचेतनको अवस्था आएमा यसको जटील अवस्था हो भन्ने बुझ्नु पर्दछ । एमआइएस सी भएको बच्चाको अवस्था गम्भीर हुने हुँदा तुरुन्त आइसियूमा भर्ना गरेर उपचार गर्नुपर्ने आवश्यकता आउन सक्छ । एमआइएस सी का कारण बच्चाको मृत्यु समेत हुनसक्छ ।

    कोभिड १९ आफैमा जटिल रोग हो । यसका दीर्घकालिन असरहरु रहन सक्दछन् । अझै एमआइएस सी को अवस्थाले बालबालिका जोगाउन कठिन हुन सक्दछ । त्यस अवस्था आउन नदिन बालबालिकालाई कोभिड १९ को संक्रमणबाट जोगाउनु पर्दछ । जसको लागि अनिहरुलाई समुहमा खेल्न तथा डुल्न नदिने, घर परिवारमा संक्रमण देखिएमा छुट्टै राखेर विशेष हेरचाह गर्ने, मास्क लगाउन उत्प्रेरित गर्ने, सामाजिक दुरीका कुराहरु सिकाउने तथा पटक पटक हात धुने बानिको विकाश गराउनु पर्दछ । होसियारी नै कोभिड १९ बाट बच्ने माध्यम भएकोले संक्रमण बाट बचाउन सकेमा एम आई एस सी बाट जोगाउन सकिन्छ । यदि बालबालिकामा कोभिड १९ संक्रमण देखिएमा बालरोग बिशेषज्ञहरु संग परामर्श गरी समयमै सचेत रहनु पर्दछ । चित्सकको सल्लाह बिना कुनैपनि औषधी सेवन गर्नु तथा गराउनु हुँदैन भने कोरोना नेगेटिभ रिपोर्ट आयो भन्दैमा जथाभाबी खानपान तथा हेलचेक्र्याई गर्नु हुँदैन ।               फरक प्रकारका रोगहरुको लक्षण एकैपटक देखिने भएकोले यसलाई सिन्ड्रमको भनिएको हो । बिशेष गरी १९ वर्ष सम्मको उमेर समुहमा हुने एमआइएससीमा शरीरमा विभिन्न अड्ग सुन्निने तथा बच्चाको दुई वा दुईभन्दा बढी प्रणालीमा असर गर्ने हुन्छ। कोरोनाको गम्भीर लक्षण देखिएका सङ्क्रमितमा मात्र नभई हल्का देखि मध्यम सङ्क्रमण भएको बच्चामा समेत उक्त समस्या देखिने गरेको छ ।                                                                  लेखक सन्दिप केसि धुलिखेल नगर स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    सम्बन्धित खवर
    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button