महिले सकेसम्म रोग र भोकले कोहिपनि मर्नु पर्दैन तपाईहरुको दु:खमा सेवा गर्ने मौका दिनुस् :-रत्नकुश रञ्जित

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा यतिबेला गरिब निमुखा र आर्थिक रूपमा बिपन्न भएका व्यक्तिका निमित्त दिनरात नभनी निरन्तर खटिएका व्यक्ति हुन रत्न कुश रञ्जित  । कोभिडको यस् विशम परिस्थितिमा डेरा भाडा तिर्न नसकेका ,रोजगारी गुमाएका या अन्य कुनै कारणबस आर्थिकको जोहो गर्न नसकेका जोकोहीले संझने नाम हो नेकपा एमालेका युवा नेता एवम् पखर समाजसेवी रत्नकुश रन्जित ।

    करिब ५१ साल देखि निरन्तर राजनीति र सामाजिक कार्यलाई सङ्सङै लिएर अघि बढेका रञ्जित  काभ्रेपलाञ्चोक जिल्ला एवम् काभ्रे बाहेक अन्य जिल्लामा केहि आपत बिपत्त पर्ने बितिकै रोग र भोकले कोहि मर्नु हुदैन भन्दै सहयोगका निमित्त अघि बढने र आफुले सकेको सहयोग गर्ने रञ्जितलाई  अब आदत परिसकेको छ। रन्जितले गरेको यस कार्य प्रति प्रश्न नउठेका भने हैन यतिधेरै सहयोगका निमित्त  आर्थिकको स्रोत एवम् कुन माध्यमबाट यतिधेरै राहतको सामाग्री आहिरहेको छ भनेर जोकोहीको मनमा लाग्न सक्छ र यस प्रश्नको उत्तर यो होकि रञ्जित एक राजनीतिज्ञ समाजसेवी सङै एक प्रतिष्ठित सफल व्यवसायी पनि हुनुहुन्छ र अहिलेसम्म जे जति सहयोग गर्नुभयो आफ्नो व्यक्तिगत खर्चबाट गर्नु भएको हो र उहाँ भनुहुन्छ अरुसङ मागेर समाजसेवा हुदैन आफु सङ जे जति छ तेसै बाट गरेको सहयोग मात्रै वास्तवमा समाजसेवा हुने उहाँको ठ्म्याइ छ।

    अहिलेसम्म रन्जितसङ सहयोगको अपेक्षा राख्ने जोकोहि भएपनि खालीहात जानु परेको छैन र आफुले सकेको सहयोग जहिल्यै गरिरहनेकुरामा रन्जितको अडिग हुनुहुन्छ ।

    Article inline ad #1
  • मुख्यत रत्नकुश रञ्जित बनेपाका स्थानीय एवम् कार्यक्षेत्र पनि बनेपामै भएका कारण यो कोभिडले गर्दा  बनेपाका जनताको जनजीवनमा आर्थिक रुपले परेको असरलाई कसरीकम गर्न सकिन्छ भन्ने हेतुले निरन्तर राहत बाडने कार्यमा अग्रसर हुनुहुन्छ । दोस्रो चरणको लकडाउन पछि  ५०० घर लाई १ महिना सम्म पुग्ने खाद्यान्न उपलब्ध गराउन भनि थाल्नु भएको यस अभियानमा उहाँले ५०० भन्दा बढी करिब १६०० सय घर परिवारलाई १ महिना सम्म पुग्ने राहत सामग्री र अवस्था हेरेर डेरा भाडा तिर्न नसक्नेलाइ डेराभाडा पनि  उपलब्ध गराइसक्नु भएको छ र यो अभियान अघि बढिरहनेकुरामा उहाँले स्पष्टता समेत  जाएर गर्नु भएको छ।

    बनेपा नगरपालिकामा रोग र भोकले कोहि मर्नु हुदैन भन्दै उहाँले आफुले सकेजति र जानकारी प्राप्त अनुसार सहयोग गरिरहने तर यदि तेस्ताकोहि व्यक्ति छ्न  आर्थिक बिपन्न छ्न खाद्यान्न अभावको समस्या भोगिरहनु परेको छ भने सिधै आफुलाई जानकारी गराएर राहत लिन रञ्जित आग्रह समेत गर्नुहुन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button