ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ : युवा नेता रञ्जित

भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एक्लौटी श्रेय ओलीलाई जान्छ

Above Article Ad
  • Above Article Content Ad
  • नेकपा एमालेका युवा नेता एवंम समाजसेवी रत्नकुश रञ्जितले
    ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ भन्ने कुरा प्रष्ट पार्नु भएको छ।

    नेकपा एमालेको राजनीति र समाजिक कार्यमा निरन्तरता कायम राख्दै आएका रञ्जितले राष्ट्रिय स्वतन्त्रता , स्वाधीनताको रक्षा गर्ने नेकपा एमाले अध्यक्ष एवंम प्रधानमन्त्री ओलि लाई चौतर्फी हमला गर्ने तत्वको आलोचना गर्दै ओलिको राष्ट्रिय उन्नति एवम् प्रगतिका निमित्त युवाको समर्थ रहेको र युवाहरुको हरेक पुस्ताको नसा नसामा सल्बलाएको ओलिको राष्ट्रवाद र देशभक्तिको रगतले प्रधानमन्त्री माथीको कुनै पनि षडयन्त्रहरु खारेज गर्र्ने सामथ्र्य राख्दछ भन्ने कुरा स्पष्ट पार्दै नेता रञ्जितले आफ्नो बिचार व्यक्त गर्नु भएको छ।

    बुधबार नेपाली कलम अन्लाईन सङ भएको समसामयिक एवम् राजनीति छलफल क्रममा नेता रञ्जितले राष्ट्रको साह्रो गाह्रोको वास्ता नगरी आफ्नो महत्वाकांक्षाको रोटी सेक्न जे पनि गर्ने प्रवृत्तिलाई युवा पुस्ताले धुलो चटाउँदै आएको सिलसिला उहाँले उल्लेख गर्नुभएको छ। २०५४ सालको वामदेव गौतमको फुटवादी हुँकारलाई साम्य पार्नु, राजाको प्रतिगामी कदमको बिरुद्धमा लोटा फुटाल्नेको गाग्री फुटाल्ने नीति लिनु,माओवादी अधिनायकवादको नसबन्दी गरिदिनु र नाकाबन्दी कार्डलाई उल्टै भारतलाई नै चेत बाबाकाशी बनाउन सक्नु यो शताब्दिमा नेपाली जातिले प्राप्त गरेका महानतम् उपलब्धि र विजयश्रीहरु हुन् । युवाहरुको हरेक पुस्ताको नसा नसामा सल्बलाएको राष्ट्रवाद र देशभक्तिको रगतले नेपालमाथिका कुनै पनि षडयन्त्रहरु खारेज गर्र्ने सामथ्र्य राख्दछ भन्दै रञ्जितले हाम्रा पुर्खाले हामीलाई दिएको चेतनाको अखण्डज्योति ‘सत्यमेव जयते’ हो र ‘सिंहमेव जयते’ होइन । जोरीपारीलाई सत्यको विजय हुन्छ र सिंहको विजय हुँदैन भन्ने सबक सिकाउने औकात नेपाली जातिसँग थियो, छ र रहने छ भन्ने कुरा प्रष्ट पार्नुभयो।

    Article inline ad #1
  • चुनौती माथि हाबी हुने गरी चेतको आपूर्ति गर्न सक्ने जनता जनाद्र्धन भएको देशले मात्र अस्तित्वको परिचय पत्र बारम्बार नवीकरण गर्न सक्छ। एकका बिरुद्ध अर्कालाई उपयोग र काखैमा रहेर पनि छुरी धस्ने र सुम्सुम्यार सिध्याउने प्रचण्डको चर्तिकला देखेर वनका ब्वाँसाहरु पनि छक्क पर्ने अवस्था छ। गुटगत स्वार्थ र दलगत स्वार्थलाई शिरान हालेर प्रचण्डको शरण पर्ने माधव नेपाल, वामदेव गौतम, शेरबहादुर देउबा, रामचन्द्र पौडेलहरुको जुम्स्याई राष्ट्र रक्षा र समृद्धिको प्रमुख तगारोको रुपमा रहेको छ । केपी ओली पेरित एमालेको आँट, अठोट र औकातदेखि डाह गरेर प्रचण्डबाटको पीडा बिर्सने होडबाजी नै प्रचण्डको बेइमान राजनीतिको बजार हो भन्दै रञ्जितले आजको कांग्रेस त खोपडी र खुट्टा दुबै नभएका नेताहरु थन्काइएको कन्टेनर मात्र हो । फलतः कांग्रेस चुनौतीलाई चिन्न र चिर्न असफल भयो र अझै सुध्रने छाँटकाँट छैन । एमालेले इतिहासको निर्णायक मोडमा जननेता मदन भण्डारी र राजनेता केपी ओली जस्ता तेजकरार महानायकहरु पायो । जनताको सचेतना, जनताको एकता, जनताको शक्ति र जनताको आशिर्वाद नै चुनौतीहरुसँग जुध्ने सबैभन्दा भरपर्दाे हतियार हो । जनताको एकीकृत पहल र हस्तक्षेपप्रतिको निष्ठा, कला र संस्कारले युवाहरुको हरेक पुस्तालाई युक्त पार्नमा जनताको बहुदलीय जनवादी स्कुलिङका महागुरु भण्डारी र ओलीको जोडबल रहने गर्यो ।

    भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एक्लौटी श्रेय ओलीलाई जान्छ । सन्तसँग सरल, शालीनसँग नरम, विद्धतसँग विद्धत र घामडसँग महाघामड बन्न सक्ने ओलीको बहुआयामिक ब्यक्तित्व संकटग्रस्त नेपालका लागि झाडापखालका बिरामीलाई जीवनजल सरह साबित भएको छ । प्रचण्ड ईच्छा नहुँदा नहुँदै पनि हिंसा त्याग्न बाध्य हुनुमा, अधिनायकवादी अभिष्ट लुकाउन बाध्य हुनुमा, जनसमुदाय र विश्व समुदायको आँखामा छारो हाल्नका निमित्त सही शक्ति पृथकीकरणको लोकतान्त्रिक जनै लगाउनुमा, प्रकट अधिनायकवादलाई छद्म अधिनायकवादको स्वरुप दिनमा, चुनाबी तालमेल र एकताको नाटक मञ्चन गर्नुमा बहुदलीय जनवादी विचारधाराले पारेको चेपानको महत्वपूर्ण भूमिका रहेको छ । राज्य र सेनाको सिप नचलेको अधिनायकवाद र उग्रवामपन्थ जुम्ल्याहा ठगलाई लोकतन्त्रको परेड खेलाउनु जनताको बहुदलीय जनवादीहरुले पाएका सफलता मध्ये महान्तम र सर्वश्रेष्ठ सफलता हो ।

    ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ ।२०७७ साल जेठ २८ गते प्रतिनिधि सभाले एकमतले लिम्पियाधुरा समेटिएको नक्शा छाप्ने संकल्प प्रस्ताव पारित गरेको ठीक एक बर्ष नबित्दै तत्कालीन सत्तारुढ दल नेकपा तीन टुक्रामा विभाजित भएर ती मध्येकै प्रचण्ड खेमा र माधव खेमा देउबाको दैलोमा पुग्नु र कांग्रेस नेतृत्वमा सरकार गठन गर्न लागि परेर लिम्पियाधुरा माथि न्यायिक हकदाबी गर्ने प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न कम्मर कसेर लाग्नु देशभक्त विरुद्धको चक्रब्यूह हो ।

    लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई प्रचण्ड सुधार केन्द्र र दिपक मनाङ्गे सुधारगृह बनाउने आँट भएरै एमालेले द्वन्द्व व्यवस्थापनमा हात हालेको थियो । आज शेरबहादुर देउबा र माधव नेपालहरुको स्वाँठ कल्ब एमाले र कांग्रेसको कोइराला–केपीकालीन चेत, आँट र स्वाभिमान बिर्सिएर प्रतिशोध र सत्तालिप्सामा उत्रिएर प्रचण्डपथ–दिपक मनाङ्गेपथ अवलम्वन गरिरहेको छ । अझ त्यसप्रतिको माधव नेपालको भक्तिभाव बिछट्टको छ । देउबालाई धोका नदिने माधवको उद्घोष छ । यो उनको कुरुप स्वाभिमानहीन अनुहार छोप्ने असफल प्रयास हो । आफ्नालाई घात र शत्रुलाई साथको अर्को नाम नै धोका हो । देउबालाई धोका नदिने भाकामा बजेको थोत्रो मादल निस्ठा नभएर एमालेप्रतिको धोकाको अर्काे किस्ता हो भन्ने कुरा रञ्जितले व्यक्त गर्नु भयो।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button