बाटो बिराएका सबैलाई आममाफी दिने : अध्यक्ष ओली

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो ।

    “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।”

    पार्टी एकतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।” यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गर्नुभयो ।

    Article inline ad #1
  • उहाँले भन्नुभयो, “म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उहाँले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गर्नुभयो ।

    अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको स्पष्ट पार्नुभयो । “मैले समृद्ध नेपाल ः खुशी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ”, उहाँले भन्नुभयो, “यो आन्दोलन कर्कलाको पानी होइन, हल्लाउँदमा टुप्लुक्क झर्ने, यो सङ्घर्षको मैदानमा उत्रिएको छ ।”

    प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश, स्थानीय तहमासमेत एमाले पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओली वर्तमान सरकार सर्वोच्च अदालतको परमादेशमार्फत बनेको र अदालतले न्यायलयप्रति मर्यादा हुने गरी काम गर्नुपर्ने बताउनुभयो । पुष्पलालले देखाएको बाटो र प्रेरणाबाट अघि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

    एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताउनुभयो । एमालेका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँले २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गर्नुभएको थियो ।

    सम्बन्धित खवर
    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button