पार्टी एक गतिशील संगठन भएकोले कुनै व्यक्तिले यसको गति रोक्न सक्दैन (अशोक व्यन्जु)

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे-नेकपा एमाले काभ्रेका अध्यक्ष तथा नेता अशोक ब्यान्जुले पार्टी एक गतिशील संगठन भएकोले कुनै व्यक्तिले यसको गति रोक्न नसक्ने बताउनु भएको छ ।

    नेकपा एमाले धुलिखेल वडा नं ३ को संगठित सदस्यको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका प्रमुख समेत रहनुभएका अध्यक्ष व्यन्जुले मुलुकको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको अगुवाई एमालेले मात्र गर्ने र त्यसको परिणाम समेत देखि सकेको बताउनु भयो ।

    बिकास र समृद्धिको सारथिहरु एमाले कार्यकर्ता भएको र एमाले नेता कार्यकर्ता जनप्रतिनिधि भएको स्थानमा बिकास निर्माणले फड्को समेत मारेको उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै एमाले भित्रका केही नेता व्यक्तिगत लोभ र इगोले पार्टी कमजोर बनाउन खोजेपनी त्यो सफल नहुने बताउनु भयो । पार्टी र आन्दोलन एउटा जिबन्त गतिशील पद्धति भएकोले कुनै व्यक्तिले चाहेर पनि पार्टी र आन्दोलन सक्न नसक्ने बताउनु भएको छ ।

    Article inline ad #1
  • एमाले काभ्रेको बैठकले जिल्लाभर संगठन बिस्तार र सदस्यता वितरण एंवम नवीकरण अभियानमा जुटेको छ । लामो समय देखि गतिविधि नभएको एमाले अब नयाँ जोस जागर सहित अभियानमा जुटेको एमाले नेताले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button