सुशासन प्रबर्द्धनका लागि अन्तरपुस्ता संवाद सम्पन्न धुलिखेल नगरपालिकामा

Above Article Ad
  • Above Article Content Ad
  • धुलिखेल काभ्रे – सुशासन प्रबर्द्धनका लागि अन्तरपुस्ता संवाद आज धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। सामुदायिक सारथिको आयोजना र द एसिया फाउन्डेसनको सहकार्य रहेको कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिक , युवा पुस्ता एवम् बालबालिका र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
    एक पुस्ता र अर्को पुस्ता बिच‌ भएका विकास; परिवर्तन र विशेष गरी सुशासन सम्बन्धी वृहत छलफल भएको थियो । पहिलाको अवस्थामा र अहिलेको अवस्थामा आएको परिवर्तनलाई मुख्य विषयवस्तु बनाई गरिएको अन्तरक्रियामा युवा पुस्ताले जेष्ठ नागरिकलाई जिज्ञासा राखि पहिला सुशासन व्यवस्था कस्तो रहेको थियो भनि प्रश्न गरिएको थियो ।
    जेष्ठ नागरिकबाट सम्बोधन गर्ने क्रममा उहाँहरुको समयमा हुने शासन व्यवस्थाको बारेमा चुनियालाल माकाजुले प्रष्ट पार्नु भएको थियो । “पहिलाको समयमा पनि भ्रष्टाचार हुन्थ्यो , नहुने होइन। तर अहिलेको जस्तो प्रत्यक्ष पैसैमा भने कारोबार हुदैनथ्यो । पहिला जनताबाट जग्गा हठप्ने , बालि उठाएर लिएर जाने , भनेको काम गरेबापत केहि खाद्यान्न उपलब्ध गराउने थियो । तर अहिले त लजास्पद रुपमा सिधै पैसाकै बारेमा कुरा भएको देख्दा अचम्म लागेर आउँछ । “माकजुले भन्नुभयो।
    पहिलेको पुस्तामा शिक्षाको माहोल अहिलेको जस्तो नभएतापनि व्यवहारिक ज्ञानमा पोख्त भइ उचित सँस्कार, सँस्कृति, रहनसहन एवम् उचिन जिविकोपार्जन गरेका पुस्तालाई प्रविधिको ज्ञान नहुँदा पनि आफ्ना बालबालिकालाई राम्रो हेरचाह गरि उचित मार्गदर्शन गरेको पाइन्छ। तर अहिले प्रविधिको उचित प्रयोगको साथसाथै दुरुपयोग पनि भइरहेको यो समाजमा पहिलाका रहनसहन, सँस्कृतिलाई अबलम्बन गरेर अघि बढ्नेको सख्यामा पनि कमिका साथै आधुनिक समाजमा रहि तिनपुस्ते सन्तान एकै ठाउमा रहनेको सङ्ख्यामा पनि कमि भएको पाइन्छ ।
    यि यस्तै विषयवस्तुमा रहि भएको अन्तरक्रियामा प्रमुख अतिथिको आतिथ्यता धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । त्यसै गरि सभाध्यक्षको रुपमा धुलिखेल जवाफदेही निगरानी समुहका संयोजक सुविना मानन्धर , अतिथिहरुका रुपमा सामुदायिक सारथिका कार्यकारि निर्देशक तारा बहादुर भण्डारी , जिल्ला संयोजक कर्ण बहादुर नेपालि , नगर उपप्रमुख विमला शर्मा चौलागाईं , वडाध्यक्षहरु देव प्रसाद कोइराला, विनोद पराजुली एबम् वसन्त रानाभाटको उपस्थित रहेको थियो । भने कार्यक्रम सञ्चालन सामुदायिक सारथिका सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख अशोक ब्याञ्जुले पहिलाको र अहिलेको समयमा भएको परिवर्तनको बिषयमा केहि कुरा राख्नु भएको थियो। “पहिलाको पुस्ता र विचको पुस्तामा अनि पछिल्लो पुस्तामा शिक्षामा निकै भिन्नता रहेको छ । परम्परागत पारम्पारिक शिक्षा पाई हुर्केको अघिल्लो समाज पछिल्लो समयमा प्राविधीकमैत्रि बन्दै गएको छ । प्रविधिको राम्रो सदुपयोग सँगै हुने दुरुपयोगको कारणले अहिलेको युगका युवा पुस्ता अघिल्लो पुस्तासँग खासै घुलमिल हुने गरेको पाइदैन । जसको कारण एउटा परिवारमा नै अन्तरपुस्ता कुराकानि वा छलफल हुन पाउदैन । कारण स्वरुप पहिलाका कुराहरुको ज्ञात पछिल्लो पुस्तामा नहुने वढि पाइएको छ । व्यवहारिक शिक्षा पाइ हुर्केको पुरानो समाजले अहिले सैद्दान्तिक ज्ञान मात्र प्राप्त समाजको अवस्था हेर्दा एउटै घरको मानिसमा पनि कुराकानि वा सम्वांद गर्ने समय नभएको र अनुभवहरु साटासाट गर्न नपाएको छ ।”” व्याञ्जुले बताउनुभयो ।


    कार्यक्रमले पहिला र अहिलेको बिचको अन्तरालको समस्या , बिकास, शिक्षा एवम् सुशासन सम्बन्धी धेरै कुराहरुको ज्ञान प्राप्त भई नयाँ कुरा थाहा पाएकोमा नयाँ पुस्ताका बालबालिकाहरु हर्षोल्लासका साथ कार्यक्रमलाई‌ अझै विस्तार गरि समाज समाजमा पुर्याउने प्रतिबद्धताका साथ कार्यक्रममा स्वयम्सेवकको भुमिका निर्वाह गर्नुहुनेले सम्मान सहित कार्यक्रमको अन्त्य भएको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button