मेस्सी बार्सा फर्किए

Above Article Ad
  • Above Article Content Ad
  • एजेन्सी – अर्जेन्टिना फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनासँग नयाँ सम्झौता गर्न आफ्नो छुट्टि सकेर बार्सिलोना सहर फर्किएका छन् ।

     इबिजा बिचमा छुट्टि मनाइरहेका मेस्सीले आज नै नयाँ सम्झौता गर्ने बुझिएको छ । मेस्सीले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिएपनि राष्ट्रिय टोलीमा ध्यान दिने जनाउँदै नवीकरण गर्न मानेका थिएनन् । उनले क्लबमा नयाँ अध्यक्ष आएपछि आफू अन्यत्र नजाने विश्वास भने क्लबलाई दिलाएका थिए ।

    Article inline ad #1
  • क्लब र खेलाडीबीच नयाँ सम्झौताका लिग मौखिक सहमति भएपनि आज भने औपचारिक रुपमा सम्झौता हुन लागेको हो । मेस्सीले नयाँ सम्झौता गरेसँगै बार्सिलोनाले लामो समयदेखि उनलाई क्लबमा राख्न गरेको कसरत सार्थक हुनेछ । मेस्सीले ३ वर्षभन्दा बढी समयका लागि सम्झौता गर्ने बुझिएको छ ।

    आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाले ला लिगाबाट केहि रकम पाउने पक्का भएपछि अनुबन्ध प्रक्रियाले गति लिएको हो । अमेरिकी लगानीकर्ता संस्था सिभिसीले ला लिगामा ठूलो रकम लगानी गरेपछि हरेक क्लबझैं बार्सिलोनाले पनि केहि रकम पाएको हो । बार्सिलोनाले अझै लिगको नियम अनुसार आफ्नो तलब स्केल भने घटाउनुपर्ने दबाब छ ।

    Article inline ad #2
  • मेस्सीले क्लब अर्जेन्टिनाबाट कोपा अमेरिका उपाधि जितेसँगै दबाबबाट मुक्त भएका छन् । अन्तर्राष्ट्रिय उपाधिको खडेरीका कारण निकै आलोचना खेप्दै आएका उनले अब क्लब फुटबलमा ध्यान दिन पाउनेछन् । यद्यपि उनको नजर अर्को वर्ष कतारमा हुने विश्वकपमा पनि रहनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button