बनेपाको व्यस्त क्षेत्रमा पार्किङ गरेमा अब ह्विल लक

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेपलान्चोक – बनेपाको ब्यस्त ठाउँ चारदोबाटोदेखि गोदामचोकसम्म पार्किङ गरे अबदेखि ह्विल लक लगाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा नगरपालिका र वडा नम्बर ७ का वडा अध्यक्षको रोहबरमा छलफल गरेर सो निर्माण गरेको हो। भदौ १ देखि प्रहरी र स्थानीय तहका प्रतिनिधी बसेर ह्विल लक गर्ने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो ।

    बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष बर्ण शाक्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ, समाजसेवी, यातायात व्यवसायीको सहभागितामा बसेको बैठकले भदौ १ देखि सो कार्य गर्ने निर्णय गरेको हो ।

    बैठकले चारदोबाटोमा पनौतीको गाडी रोक्ने र चढाउने कार्य भैरहेको भदौ १ देखि सहकारी भवन अघि सार्ने निर्णय गरेको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button