विकासका कुनै पनि बजेट नकाट्न सरकारसँग आग्रह: पूर्व मन्त्री बाँस्कोटा

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे-चण्डेनी मण्डन साना किसान कृषि सहकारीले कृषि ज्ञान केन्द्रको अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई आज मिनिट्रेलर पिठो पिन्नी मेसिन अौषधी हाल्ने मेसिन  सहितका कृषि औजार वितरण गरेको छ ।

    मन्डनदेउपुर नगरपालिकाभित्र रहेका कृषि सहकारीका ३० जना सदस्यहरूलाई कृषि औजार तथा ४८ जना सदस्यहरूलाई रकम वितरण गरेको हो । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सहकारीका ४८ किसानहरूलाई रु ६ लाख ६२ हजार ८ सय ६६ रुपैयाँ रकम वितरण गरेको छ ।

    Article inline ad #1
  • कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासमा प्रतिस्पर्धा गर्नाले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउने बताउनुभयो ।

    उहाँले कृषिमा आधुनिकीकरणले कृषकको उत्पादनमा वृद्धि हुँदै गएकाले कृषिमा पुँजी, बजार, श्रम र आधुनिकीकरणमा प्रबद्र्धनको आवश्यकता रहेको बताउनुभयो ।

    “कृषियन्त्रले श्रम शक्तिलाई बचाउँछ, बचेको श्रम अन्य उत्पादनमा लगाउँदा कृषकको आर्थिक अवस्था सुधारोन्मुख हुँदै जान्छ”, उहाँले भन्नुभयो, “विकास पार्टीको निम्ति नभई नितान्त जनताको जीवनस्तर सुधारका लागि हुन्छ, विकास र राजनीतिक प्रतिस्पर्धा नितान्त फरक विषय हो ।”

    पूर्व मन्त्री बाँस्कोटाले विकासका कुनै पनि बजेट नकाट्न सरकारसँग आग्रह गर्नुभयो । नीतिगत निरन्तरताले लगानी बच्ने भएकाले नीतिगत अन्यौलता सिर्जना नगर्नसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो  ।

    कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर उपप्रमुख निर्मला शाहीले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाउँदै आएको बताउनुभयो  ।

    नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै कृषि नीति तयार पारिएको र नगरका विभिन्न वडाहरूमा कार्यान्वयन हुँदै आएको नगर उपप्रमुख शाहीले बताउनुभयो ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button