भिजन लेखन प्रतियोगिता क्यासनेपद्वारा सञ्चालन गर्दै

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे : बालबालिका तथा युवाहरुमा भएका प्रतिभालाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरसम्म पहिचान, प्रोत्साहन, हौसलाका साथै ती प्रतिभालाई बजारीकरण गरि राज्यको अर्थतन्त्रमा टेवा पुग्ने उदेश्यले स्थापना गरिएको क्यासनेप नामक संस्थाले आफ्नो कुल आम्दानीको ९० प्रतिशत रकम सामाजिक सेवामा लगाउने बताएको छ ।

    युवा वैज्ञानीक बशन्तकुमार शाहीद्धारा स्थापित यस संस्थाले युवालाई रोजगारी होईन, युवा उधमी बनाउनु पर्छ र बिज्ञान तथा प्रबिधिको क्षेत्रमा अन्वेषण गर्नको लागि युवाहरुलाई हौसला सहित आर्थिक तथा भौतिक, अनुदान जस्ता क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने मान्यता यस संस्थाले लिएको छ ।

    दुर दराजका गाउँ–गाउँमा लुगेर बसेका बालबालिका तथा युवाका प्रतिभालाई प्रबर्द्धन गरी युवा उधमी बन्नको लागि सहयोग गर्दै युवाहरुलाई खाडीमुलुक होईन, जनशक्तिलाई बिदेश चलाएन होईन, युवालाई स्वदेशमै उधमी बनाएर आत्मनिर्भर बनाउन जरुरी ठानेको छ ।

    Article inline ad #1
  • यिनै उद्देश्यमा पुग्न संस्थाले हरेक महिना एक उत्कृष्ट प्रतिभालाई रु.५० हजार नगद पुरस्कार र हरेक बर्ष सर्वोउत्कृष्ट एकजनालाई रु.१० लाख पुरस्कार प्रदान गर्ने लक्ष्य लिएको छ ।

    क्यासनेपमा विभिन्न समितिहरु रहेका छन् , ति मध्ये केन्द्रिय बिज्ञ समितिमा हरेक बिधाका विशेषज्ञ व्यक्तित्वहरु छन् ।जसले प्रतिभालाई पुरस्कृत गर्न छनौट गरी सिफारिस गर्ने छ । हाल डा.उत्तम खनालको संयोजकत्वमा रहेको एउटा ३२ जनाको केन्द्रिय विज्ञ समिति बनेको छ । यसका अलावा प्रादेशिक र जिल्लास्तरीय बिज्ञ समिति तथा अन्य समितिहरु पनि रहेका छन् ।

    यि जिल्ला तथा प्रादेशिक समितिले बालबालिका तथा युवाहरुका प्रतिभालाई खोज्न र छनोट गरि पुरस्कारका साथै बजारीकरणको लागि केन्द्रिय समितिमा सिफारिस गर्ने छ । सिफारिस भै आएका मध्ये उत्कृष्ट प्रतिभा छनौटको जिम्मा केन्द्रिय विज्ञ समितिलाई प्रदान गरेकाले सोहि अनुसार उक्त समितिले काम गर्ने छ ।

    संस्थाको प्रबन्ध निर्देशकका रुपमा डा. सुमन प्रसाद अधिकारी रहेका छन् भने रिसर्च एण्ड डेभेलपमेन्टको जिम्मेवारी डा. नारायण आर्चायले संहालेका छन् । संस्थाले गत महिना पब्लिक स्पिकर राजन अधिकारीलाई महिनाको उत्कृष्ट युवाको रुपमा पुरस्कृत गरिसकेको र अब आम युवाबाट भिजन लेखन प्रतियोगिता संचालन गर्न लागेको छ ।

    सम्बन्धित खवर
    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button