किसानले अनुदान पाउन हाकिमको फेर समात्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ-सांसद लामा

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे -संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) का सांसद चन्द्र लामाले किसानले अनुदान पाउन हाकिमको फेर समात्नु पर्ने अवस्थाको अन्त्य गर्न जरूरी रहेको बताउनुभएको छ । सोमबार धुलिखेलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल काभ्रेको १० औं साधारण सभा उदघाटन गर्दै सांसदले यस्तो बताउनुभएको हो ।

    ‘जबसम्म अनुदान पाउन अमुख कार्यालय प्रमुख, सचिव, शाखा प्रमुखलाई भनसुन गर्नु पर्छ र चल्छ भने कसरी सहि किसानले अनुदान पाउँछन् । अनुदान पाउन नेता, सांसदले भनिदिनु पर्ने अवस्थाको अन्त्य नहुँदासम्म वास्तविक किसानले राज्यको अनुभूति कहिल्यै गर्न पाउँदैनन्, सांसद लामाले भन्नुभयो ।’

    सांसद लामाले पुष्प ब्यवसायलाई थप मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो । मौसमी भन्दा पनि बाह्रै महिना फूल खेती गरेर आम्दानी गर्न नयाँ किसानलाई पनि प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ । किसानको हितमा काम अझै थुप्रै आवश्यक रहेको भन्दै उहाँले जिल्लाका पुष्प ब्यवसायीले भोगेका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।

    Article inline ad #1
  • स्वदेशमै आत्मनिर्भर बन्ने क्षेत्र र पेसालाई समय सुहाउँदो तबरले विकास गर्दै लैजानुपर्नेमा सांसद लामाले जोड दिनुभयो । ‘जिल्लाको हावा पानी सुहाउँदो फूल खेती गरेर आम्दानी गर्ने बाटोमा औपाईहरू लाग्नुस् । प्रदेश सरकार तपाईहरूकै साथमा छ । किसासनले अनुदान पाउन हाकिमको फेर समात्नु पर्ने अवस्थाको अन्त्य गर्न जरूरी छ, सांसद लामाले भन्नुभयो ।’

    कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजु क्षेष्ठले फूल खेतीलाई थप व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । कोभिडले पुष्प ब्यवसायी समस्यामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय सरकारले फूल खेती गर्ने किसान उचित सम्बोधन गर्नु पर्ने अध्यक्ष कसजुको भनाई छ ।

    सरकारसंगै हातेमालो गरेर अघि बढ्दा ब्यवसायीहरूको हितमा काम हुने भन्दै अनुदानमा पनि फूल खेतीलाई प्राथमिकता राख्नु पर्नेमा जोड दिनुभयो । किसानबाट ब्यवसायी बनाउन निकै समय लाग्ने भन्दै उहाँले परिणाम मुखि अनुदान हुनु पर्ने बताउनु भयो।

    काभ्रेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा २२० जनाभन्दा बढी पुष्प ब्यवसाय किसान आबद्ध रहेका छन् । १० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button