नेपाल माक्स अभियान अन्तर्गत आज धुलिखेलमा पनि सञ्चालन भएको छ ।

Above Article Ad
  • Above Article Content Ad
  • धुलिखेल। “नेपाल माक्स अभियान” अन्तर्गत आज धुलिखेल काभ्रेमा पनि माक्स अभियान सुरु गरिएको छ ।

    धुलिखेलमा आज भएको उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी , जिल्ला प्रशासन कार्यालय काभ्रेका पदाधिकारीहरु , स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दा एवं पत्रकारहरूको बीचमा कार्यक्रम शुभारम्भ भएको छ।

    Article inline ad #1
  • जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिवराम पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै कोभिड-१९ बाट बच्न र अरुलाई बचाउन समेत माक्स प्रयोग गर्नुपर्ने बताउनुभयो। माक्स , सेनिटाइजर,ब सामाजिक दूरी कायम गरी बेलाबेलामा साबुन पानीले हात धुने बानी बसालेमा कोभिडबाट बच्न सक्ने कुरा पोखरेलले जानकारी दिनुभयो।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारीका साथै धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, काभ्रे शाखाका सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रमुख ,पत्रकार महासङ्घ काभ्रेका सचिव कपिल कोइराला ,जिल्ला बालक्लव सञ्जालका अध्यक्ष सुवोध धिमाल एवं स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    Article inline ad #2
  • कार्यक्रमले स्थानीय व्यवसायी ,जनता, गाडीका यात्रु एवं माक्स नभई बजार क्षेत्रमा हिड्नेलाई माक्स वितरण गरि कोभिडबाट बच्न सल्लाह सुझाव दिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button