Above Article Ad
  • घिसिङ पुन नियुक्त

    सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

    Above Article Content Ad
  • सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो ।

    अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय भएका थिए । उनको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए ।

    तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । नयाँ सरकार गठन भएसँगै कुलमानको नियुक्ति भएको हो ।

    Article inline ad #1
  • यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि अझै चर्चामा आएका थिए। यसैवीच नवनियुक्त घिसिङले आजै पदवहाली गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button