देउवाले काँग्रेसलाई भीख माग्ने अवस्थामा पुर्‍याए : पौडेल

Above Article Ad
  • Above Article Content Ad
  • काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ । साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ । अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन ।

    २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन् । भदाै २३ उता महाधिवेशन सार्न कानुनी बाध्यता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यतालिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन् । तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गरेका थिए ।

    उनको प्रस्ताव सभापति र महामन्त्री शशांक कोइरालाले अस्वीकार गरेपनि आक्रोशित देखिएको बुझिएको छ । पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु  देशकै विडम्बना भएको बताए । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति पनि असन्तुष्टि पोखेका छन् ।

    Article inline ad #1
  • पौडेलले भने, ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’  असार २८ गते सर्वोच्चको परामदेश अनुसार देउवाले असार २९ गतेबाट मुलुकको  नेतृत्व सम्हालिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button