स्थानीय युवा र जनप्रतिनिधिको पार्क निर्माणमा जस्तोसुकै परिस्थिति आएपनि सामना गर्ने प्रतुवद्ता

Above Article Ad
  • Above Article Content Ad
  •  

    बनेपा न.पा वा न.२ का काङ्ग्रेस बाट जन निर्वाचित जनप्रतिनिधि गंगा घिमिरेले बनेपाकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन आफुहरु लाग्दा  विभिन्न समस्या झेल्नु परे पनि आफुहरु समस्याबाट अलिकति पनि बिचलित नभई  निरन्तर उक्त पार्क अनि समग्र वडाको बिकासका निम्ति डटेर सकारात्मक कार्य गर्ने कुरा बताउनु भयो।बनेपा न.पा वडा न.२ स्थित युथ आइज कल्बका युवाको पहलमा बन्दै गरेको  आकाश देवि समुदायिक पार्क मंगलबार निरिक्षणको लागि बनेपा  नगरपालिका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ र उप मेयर रेखा सापकोटा (दाहाल) ज्यूबाट पार्क निरिक्षण गरि मेयर श्रेष्ठले युवाहरुले गरेको काम बाट आफू खुशी भएको र आगामी दिनमा बनेपा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु  भएको थियोे ।

    युथ आइज युवा

    पछिल्लो समय  समग्र युवा देखी बृद्धका  माझ निकै लोकप्रिय बन्दै गएका बनेपा वडा न.२का जनप्रतिनिधि गगा प्रसाद घिमिरेले उक्त आकाशदेवि सामुदायिक पार्क निर्माणका निमित्त अनेकौं बाधा झेल्नुपरेको तर पनि ति समस्या बाट आफ्नु जमात अलिकति पनि नडग्मगाएको र निरन्तर पार्क लगाएत बिकासका गतिविधिमा आफुहरु अघि बढने बताए ।कोरोना महामारीका समयमा राहत बितरण देखि लिएर सरसफाइ अभियान अनि अनेकौं सामाजिक कार्य बाट आज घिमिरे बनेपा -२ का जनताको मनमस्थिकमा छाएका छ्न।

    Article inline ad #1
  • जनप्रतिनिधि गंगा प्रसाद घिमिरे

    उक्त पार्क लाई पर्यटन रुपमा पवर्दन गर्न र बनेपा नगरकै नमुना पार्क बनाउन युथ आइ कल्बका युवा निरन्तर खटिरहेका उक्त कल्बका अध्यक्ष सन्तोष गौतमले पनि घिमिरेले आफुहरुलाई पार्क निर्माणका निमित्त भैतिक देखि प्रशासनिक रूपमा डटेर सहयोग गरेको समेत  बताउनु भयो।

    युथ आइज अध्यक्ष सन्तोष गौतम

    युवाहरुको उक्त कार्यले आज काठमाडौ ,ललितपुर ,भक्तपुर देखि मानिस भ्रमणका लागि  आकाश देवि समुदायिक पार्कमा फोटो खिच्न र शान्त बाताबरणमा रमाउन्  पुग्ने गरेका छ्न।

    सुन्दर शान्त बाताबरणमा अवस्थित उक्त पार्क दिनप्रतिदिन युवाहरुको घुम्ने गन्तव्य बनेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button