लुम्बिनीमा आजै : मन्त्रीमा क-कसको चर्चा ?

Above Article Ad
  • Above Article Content Ad
  • बुटवल — लुम्बिनी प्रदेशमा बिहीबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी अगाडि बढेको छ ।

    केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जना सांसदहरुले हस्ताक्षारसहितको दाबी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रस्तुत गरेका छन् । सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन् । समयसीमा सकिएपछि मुख्यमन्त्रीमा केसीलाई बिहीबार नै नियुक्त गर्ने तयारी गरिएको छ ।

    शपथपछि केसीले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । गठबन्धनका तीन दलबाट एक/एक जना मन्त्री पठाउने तयारीमा दलहरुले छलफल गरिरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए । गठबन्धनमा रहेको जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएको छ । लुम्बिनी प्रदेशसभामा जनमोर्चाका १ जना सांसद रहेका छन् ।

    Article inline ad #1
  •  

    दलहरुको छलफल अनुसार कांग्रेसबाट दाङका डिल्ली चौधरी मन्त्री हुने सम्भावना छ । कांग्रेसबाट प्रमुख सचेतक फकरुद्दिन खान र पाल्पाका वीरबहादुर रानाको पनि चर्चा छ । माओवादीबाट यसअघि सरकारमा सहभागी भएका सुदर्शन बराल, दाङकी दामाकुमारी शर्मा र प्रमुख सचेतक घर्तीको चर्चा छ । माओवादीमा अनुभवी वा नयाँलाई पठाउने भन्ने मै विवाद छ । जसपाबाट संसदीय दलका नेता सहश्रराम यादव मन्त्री बन्दैछन् ।

    स्रोत : ekaantipur

     

    सम्बन्धित खवर
    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button