सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन सकेन

Above Article Ad
  • Above Article Content Ad
  •  काभ्रे । नेपाली कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिका छलफल भएपछि मात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

    पार्टी सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा विहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन नसकेको हो ।

    महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ ।

    Article inline ad #1
  • बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका छन् । त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन्, भने क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    शर्माले केन्द्रीय सदस्यहरुको सुझावपछि महाधिवेशनको कार्यतालिका आउने बताए । यसअघि तय भएको भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button