नवराजको अध्यक्षतामा “नेपाल खेलकुद महासंघ”काभ्रेको जिल्ला कमिटी गठन

Above Article Ad
  • Above Article Content Ad

    बनेपा – काभ्रेमा नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले ९९ जनाको जिल्ला कमिटी बनाएको छ । खेलकुद महासंघले जिल्लामा हुदै आएका खेलहरुको संरक्षण गर्ने भएको छ । एमाले निकट महासंघको काभ्रे भेलालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं संसद गोकुलप्रसाद बास्कोटाले सम्बोधन गर्नुभएको छ ।

    बाँस्कोटाले नेपाललाई खेलकुद जगतमा अगाडि लैजान केपी ओलीको सरकारले नेतृत्व र संरक्षण गर्दै आएको बताउनु भयो । नेपालमा खेलिदै आएको पुराना खेलहरु लोपहुदै गएको र खेल जगतले व्यक्ति मात्र नभई देशलाई चिनाउदै आएको बाँस्कोटाले बताउनु भयो । हाम्रो देशका पुराना खेलहरु लोपहुन नदिन खेलकुद महासंघलाई सक्रिय रुपमा लाग्न अनुरोध गर्नु भयो । बाँस्कोटाले खेलमा सधै राजनिति हुदै आएको र अबका दिनहरुमा कुनै पनी पार्टिले खेल जगतमा हस्तक्षेप नर्गन अनुरोध गर्नु भएको छ ।
    केपी ओलीको सरकारले खेलकुद, पर्यटन, पूर्वाधार, राष्ट्रिय स्वाधिनता, स्वास्थ्य क्षेत्र तथा प्रकृतिक चिकित्सा क्षेत्रहरुमा संरक्षण गर्दै आएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद बाँस्कोटाले बताउनु भयो । बाँस्कोटाले अहिले बनेको कम्फटेबल सरकारलाई कोरोना भाइरसको खोप वितरण तथा आफ्नो सरकारले ल्याएका बजेटहरुमा राजनिति नर्गन समेत बताउनु भएको छ। माधव नेपाल र प्रचण्डको शुसासन नहुदा आज उहाँहरुले दुःख पाउनु भएको छ । उहाँले आगामी चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउने भन्नुभयो ।

    नेपाल खेलकुद महासंघ काभ्रेले ९९ जनाको जिल्ला कमिटी बनाएको छ । जिल्ला भेलाले काभ्रेमा रहेको १३ वटा स्थानीय तह बाट संयोजक र सचिव चयन गरेको छ । बनेपा नगरपालिका बाट बिक्रम प्रजापति संयोजक, अनिष मानन्धर सचिव , पनौती नगरपालिक बाट रुपकराज ताम्राकार संयोजक, बिजेश लामा सचिब, धुलिखेल नगरपालिकाबाट ओम गोपाल जनेजु संयोजक, कृष्ण थापा मगर सचिब, नमोबुद्द नगरपालिका बाट प्रदिप भण्डारी संयोजक, अनिश सत्याल सचिब, मण्डन देउपुर नगरपालिकाबाट सुमन श्रेष्ठ संयोजक, लक्ष्मण तामाङ सचिब, पाँचखाल नगरपालिका बाट सुनिल बजगाई संयोजक, कुमार श्रेष्ठ सचिब, चौरी देउराली गाउँपालिका बाट सागर गौतम संयोजक, जीवन चौलागाईं सचिब , महाभारत गाउँपालिका बाट रबिन्द्र दुलाल संयोजक, सुधन मोक्तान सचिब, खानीखोला गाउँपालिका बाट उमेश राणा संयोजक, योगेश तिमल्सिना सचिब, रोशी गाउँपालिका बाट बिनोद कुमार तामाङ संयोजक, आशिष लामा सचिब त्यसैगरि भुम्लु गाउँपालिका र तेमाल गाउँपालिका को संयोजक र सचिब जिल्ला भेलाले चयन गरेको छ ।
    खेलमा राजनीति हुदै आएको र आगामी दिनमा खेलमा राजनिति नगर्न नेपाल खेलकुद महासंघ काभ्रेका अध्यक्ष नवराज मानन्धरले बताउनुभयो । सितोरियो कँरातेका प्रशिक्षक मानन्धर नेपालमै चर्चित कँरातेका खेलाडी हुन् ।

    Article inline ad #1

    कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जू, युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाई, नेपाल सितोरियो कँराते काभ्रेका अध्यक्ष प्रताव वैद्य, पूर्ण पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिवालय एबम युवा नेता कन्चन अधिकार ,सचिवालय सदस्य एवम् युवा समाजसेवी मुक्ति बिष्ट , जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना,नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य एबम राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय नेता अमित लामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष राकेश लामा , अनेरास्ववियुका केन्द्रिय सदस्य एबम पार्टी जिल्ला कमिटी सदस्य जेनिस लामा, युवा नेता तथा समाजसेवी रत्न कुश रंजित लगायतका नेताहरुको उपस्थित रहेको थियो । निरोज खड्काले स्वागत मन्तव्य र सागर रायमाझीले संचालन गरेको कार्यक्रममा तीन दर्जन अतिथीको सहभागिता थियो भने सयौ खेलप्रेमी उपस्थित हुनुहुन्थ्यो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button