पात्लेखेतमा “थेग्छेन ज्याम्पालिङ छ्याेतेन गाेम्पा”

Above Article Ad
  • Above Article Content Ad
  •  

    धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत, डाँडागाउँमाआज थेग्छेन ज्याम्पालिङ छ्याेतेन गाेम्पाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।  

    Article inline ad #1
  • प्रदेश शभा सदस्यीय माननीय क.चन्द्र लामाको आतिथ्यतामा आज उद्घाटन कार्यक्रम सफलता पुर्वक भव्य रुपमा सम्पन्न भएको छ । 

    बागमती प्रदेश सरकारको सहयोगमा जिल्लाको धुलिखेल नगरपालिका वडा न ११ डाडागाउमा छ्योर्तेन निर्माण गरि सप्पन्न भएको छ । इमान्दार उपभोक्ता समितीले सानो सहयोगमै काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, थेग्छेन ज्याम्पालिङ छ्योर्तेन गोन्पो उपभोक्ता समिती ।

    तामाङ समुदाय र बाम्हण समुदायसँगै मिलेर बस्दै एकअर्काप्रति उच्च सम्मान गर्ने धुलिखेल ११ डाडा गाउँमा बागमती प्रदेश सरकारको १० लाख सहयोगमा उपभोक्ता समितीले थेग्छेन ज्याम्पालिङ छ्योर्तेन गोन्पो निर्माण गरिएको हो ।

    शनिबार बागमती प्रदेश सभाका सदस्य माननीय चन्द्र लामाको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रममा छ्योर्तेनको समुद्घाटन भएको छ ।

    Article inline ad #2
  • छ्योर्तेन समुद्धाटन गर्दै प्रमुख अथिती प्रदेश माननीय चन्द्र लामाले प्रदेश सरकारले कला सँस्कृतीसँगै स्थानीयको मागको आधारमा विकास निर्माण गर्दै जाने बताए । जनताको प्रतिनिधि भएकोले सबैखाले बिकास निर्माण कार्यहरूमा सधै पहल लिएर निरन्तर जनताकै साथमा रहेको लामाले बताए । प्रदेश सरकार बाट धेरै भन्दा धेरै बिकास योजानहरु ल्याएर अहिले धेरै जसो योजनाहरु निर्माणकै चरणमा रहेको प्रदेश सांसद लामाले कार्यक्रम बताए ।

    धुलिखेल ११ मा निर्माण सम्पन्न भएको छ्योर्तेनको लागि स्थानीय हरुको मागानुसार आवश्यक रकम सांसद लामाकै पहलमा प्रदेश सरकारले बिनियोजन गएइएको हो । उपभोक्ता समितिका अध्यक्ष नारायण लामाले सबै सहयोगीहरुको पहलमा छिटै छ्योर्तेन निर्माण गरि सम्पन्न भएको बताए । गाउको माग अनुसार प्रदेश सांसद लामाले बजेट ल्याएर बिकास निर्माणमा सधै जनताको साथमा रहेको छ भन्ने पुष्टि गर्ने एक अधार यो छ्योर्तेन भएको निर्माण समितिको अध्यक्ष लामाले बताए । छ्योर्तेन सहितको पार्क निर्माण भएपछि पातलेखेतको डाडागाउ,आरुबोट पिपल बोट चौतारा अर्काे पर्यटकीय गन्तव्य थपिएको स्थानीयलेहरुले आभाष गरेका छन् ।

     माननीय चन्द्र लामा बाट १० लाख र नगरपालिका बाट २ लाख ५५ हजारको लागतमा गोन्पो सहितको पार्क निर्माण भएको हो। 

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button