पनौतिमा समुहगत मास्क अभियान

Above Article Ad
  • Above Article Content Ad
  • पनौतिमा माक्स अभियान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न स्थानिय संघसँस्था , प्रहरि प्रशासन , स्थानिय जनप्रतिनिधि , अग्रपङ्क्तिमा खटिने स्वयं सेवक एबम् युवाहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको छ ।

    घर वाहिर निस्कदा अनिवार्य मास्क लगाऔं । आफु पनि बचौ ,अरुलाई पनि बचाऔ । किनकि जिवन अमुल्य छ। 

    “मास्क मेरो लागि , परिवारका लागि र समाजका लागि”  र “मास्क लगाऔं , कोरोनाबाट आफु पनि बाचौँ र अरुलाइ पनि बचाऔ “ भन्ने सन्देश प्रवाह गर्दै मास्क बितरण गरिएको छ ।

    कोभिड-१९ बाट नेपालमा पारेको पछिल्लो समयको विभिन्न भेरियन्टका कारण मानिसहरुको जिवनस्तरमा निकै नै प्रभाव पार्दा दैनिक जिवनयापनमा परेको अप्ठ्यारो हामिले प्रत्येक दिन देख्नु परेको छ । मानिस रोगले भन्दा पनि भोकले मर्नु हुँदैन भन्ने मनशायले मानिसहरू यस विषम परिस्थितिमा पनि भिडभाड गरि कामहरु सञ्चालन गर्न वाध्यात्मक परिस्थिति रहेको छ । यदि माक्स लगाएर हिँडडुल गर्ने, काम गर्ने हो भने केहि मात्रामा कोरोना बाट बच्न सकिन्छ भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेको कुरा , रोटराक्ट जिल्ला ३२९२ का जिल्ला अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी एबम् कार्यक्रम संयोजक मनिषा श्रेष्ठले बताउनु भयो ।
    ईन्द्रेश्वर महादेव मन्दिर परिसरबाट शुरु भएको मास्क अभियान पनौति बजार परिक्रमा गरेर पनौति बस्पार्क हुँदै ,पशुपति मन्दिरमा गएर कार्यक्रम सम्पन्न भएको छ ।
    साउन एवम् भाद्र महिनामा मन्दिर परिसर भिडभाड हुने हुनाले कार्यक्रम विहान राखिएको श्रेष्ठले जानकारि दिनुभयो ।
    पनौति जुनियर जेसिस , रोटरि क्लब अफ‌ काभ्रे भ्यालि , लायन्स क्लब अफ पनौति , रोटरायक्ट क्लब अफ सिखलापुर , पनौति प्रहरि चौकि , भागवत धर्म संरक्षण समिति , बिजि क्याफे पनौति , लियो क्लव अफ काठमाडौं टेम्पल पिस – काभ्रे , पनौति पर्यटन विकास केन्द्र , पनौति संस्कृतिहरुको अभिसरण , मानवतावादी आन्दोलन , बनेपा हेल्थ केयर प्रा.लि , पनौति जेसिस , नेपाल युवा परिषद काभ्रे शाखा , COVID 19 योद्धाहरुको संयुक्त आयोजना भएको कार्यक्रम इन्द्रेश्वर महादेव मन्दिरबाट शुरु भइ बजार केन्द्रीत भएर कार्यक्रम सम्पन्न भयो ।

     

    फोटो फिचरहरु :-

     

    Article inline ad #1
  •  

    Article inline ad #2
  •  

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button