दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

Above Article Ad
  • Above Article Content Ad

    काभ्रे  — दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।                                                 

    ‘दल विभाजनसम्बन्धी विधेयक खारेज गर’ लगायत विभिन्‍न नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् । युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा समेत गरेको थियो ।                                                                                                                                  सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा संघका केन्द्रीय सदस्य भिष्म बुढाथोकीले बताए ।                                    साभर :   इ कान्तिपुुुर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button